इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीमाथि आर्सनलको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीमाथि आर्सनलको जित


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै आर्सनल विजयी भएको हो । 

आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक गोल गरेका थिए । उनले खेलको ८६औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै आर्सनल २० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको म्यानचेस्टर सिटीले भने शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । 

सिटीले जित निकालेको अवस्थामा २१ अङ्कका साथ शीर्षस्थानमा उक्लने अवसर रहेको थियो । तर आर्सनलसँग पराजित भएसँगै सिटी १८ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको टोटनह्यामको २० अङ्क छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ५३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन