इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीमाथि आर्सनलको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीमाथि आर्सनलको जित


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै आर्सनल विजयी भएको हो । 

आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक गोल गरेका थिए । उनले खेलको ८६औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै आर्सनल २० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको म्यानचेस्टर सिटीले भने शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ । 

सिटीले जित निकालेको अवस्थामा २१ अङ्कका साथ शीर्षस्थानमा उक्लने अवसर रहेको थियो । तर आर्सनलसँग पराजित भएसँगै सिटी १८ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ । शीर्षस्थानमा रहेको टोटनह्यामको २० अङ्क छ । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ५३ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित