निःशुल्क यातायात सेवा बन्द « Khabarhub

निःशुल्क यातायात सेवा बन्द


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ज्येष्ठ नागरिकलाई प्रदान गर्दै आएको निःशुल्क यातायात सेवालाई कटौती गरेको छ । 

आर्थिक वर्ष २०७४–०७५ देखि सो गाउँपालिकाले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सेवा उपलब्ध गराउँदै आएको थियो ।

लक्षित वर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा बन्द गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए ।

गाउँपालिकाको कार्यालय र खोटाङ यातायात प्रालि बीचमा भएको सम्झौताअनुसार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्ने र सोही परिचयपत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो । तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचयपत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको गाउँपालिकाले जनाएको छ ।

तत्कालीन गाउँपालिका प्रमुख भूपेन्द्र राई नेतृत्वको स्थानीय सरकारले ज्येष्ठ नागरिकका लागि निःशुल्क यातायात सेवा सुरु गरेको थियो ।

गाउँपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात उल्लेख भएको परिचयपत्रको व्यवस्था गर्ने, निःशुल्क यातायात सुविधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रालिलाई मासिकरुपमा भुक्तानी दिने, सम्झौता वार्षिकरुपमा नवीकरण गर्ने लगायतका सहमति भएको थियो ।

यस्तै, साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक तथा (क) र (ख) वर्गको परिचयपत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको पाइएको छ । 

साकेला गाउँपालिकाका तत्कालीन प्रमुख अर्जुन खड्काको पालामा आर्थिक वर्ष २०७६–०७७ देखि ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई सडक यात्रामा शतप्रतिशत छुट दिने गरिएको थियो ।

चालु आर्थिक वर्ष भने ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिका लागि निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । 

यातायात प्रालिले सम्झौता नवीकरणका लागि गत चैत २२ गते प्रतिनिधि सुन्दर तामाङलाई गाउँपालिका पठाइए पनि नवीकरण नभएको जनाएको छ ।

यद्यपि, गाउँपालिका प्रमुख रविप्रकाश राईले भने ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई दिइँदै आएको निःशुल्क यातायात सेवाले निरन्तरता पाइरहेको बताए । 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : २२ बजे

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले