प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान, इजरायल घटनाबारे छलफल हुने « Khabarhub

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आह्वान, इजरायल घटनाबारे छलफल हुने


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको विशेष बैठक आह्वान गरेका छन् ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकताअनुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

आज अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ।

शनिबार इजरायलमा भएको आक्रमणपछि प्रधानमन्त्रीले लगातार घटनाप्रति चासो राख्दै सरकारको तर्फबाट आवश्यक पहल गरिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्रीले इजरायल हमास युद्धले निम्त्याएको संकट र नेपाली नागरिकहरूमा देखिएको त्रास तथा उनीहरूको उद्धार र नेपाल फिर्तीका लागि कूटनीतिक पहल गरिरहेका हुन् ।

प्रधानमन्त्रीले इजरायलस्थित नेपाली दुतावासमा घाइते नेपाली नागरिकको अवस्था बुझी उद्धारका लागि पहल लिन परराष्ट्र मन्त्रालयमार्फत निर्देशन दिइसकेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ११ : १९ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।