'भिजिट भरतपुर’ प्रवर्द्धनमा ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर' | Khabarhub Khabarhub

‘भिजिट भरतपुर’ प्रवर्द्धनमा ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ‘भिजिट भरतपुर’ पुग्ने पहिलो टिम ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ टिम बनेको छ । एनटीपी मल्टिमिडिया ग्रुपले एक्सपल्स राइडर्स क्लब, नेपालसँग मिलेर असोज १० गतेदेखि काठमाडौँबाट सुरु गरेको १०० राइडर्ससहितको ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ टिम असोज ११ गते चितवन भरतपुर पुगेको थियो ।

अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा आयोजित गोल्डेन ट्रयाङ्गल बाइक टूर कलाकार, पत्रकार र राइडर्ससहितको टिमलाई भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले खाँदा र माला लगाएर भव्य स्वागत गरेकी थिइन् । भरतपुर महानगरपालिकाको सभाहलमा भएको भव्य स्वागत कार्यक्रममा मेयर दाहालसहित जनप्रतिनिधि, कर्मचारी र पर्यटनसम्बद्ध सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

भरतपुर महानगरपालिकाको महत्वाकांक्षी पर्यटन प्रवद्र्धनात्मक ‘भिजिट भरतपुर २०२४’ कार्यक्रमलाई सहयोग, सहकार्य र प्रवर्द्धन गर्न पहिलोपटक ‘गोल्डेन ट्रयाङ्गल बाइक टूर’ टिम आएको भन्दै उनले भव्य स्वागत गर्दै खुशी व्यक्त गरेकी थिइन् ।

‘हामीले भरतपुरमा दशौँ लाख पर्यटक भित्र्याउन ‘भिजिट भरतपुर’ कार्यक्रम सुरु गरेका छौँ । भिजिट भरतपुर कार्यक्रम चलाइरहँदा काठमाडौँबाट कलाकार, पत्रकार र राइडर्ससहितको टिम भरतपुर आएपछि औपचारिक रुपमा पहिलो टिमको रुपमा स्वागत गर्न पाउँदा असाध्यै खुशी लागेको छ’, मेयर दाहालले भनिन् ।

गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रममार्फत भिजिट भरतपुरको पनि प्रवर्द्धन हुनेमा मेयर दाहालले विश्वास व्यक्त गरिन् । सोही क्रममा मेयर दाहालले ‘भिजिट भरतपुर २०२४’ कार्यक्रमको झण्डा गोल्डेन ट्रयाङ्गल बाइक टूरका संयोजक विष्णु विवेकलाई हस्तान्तरण गरेकी थिइन् ।

आफ्नो पालिकाको पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि भ्रमण वर्ष घोषणा गर्ने भरतपुर महानगरपालिका पहिलो महानगर भएको भन्दै मेयर दाहालले ‘भिजिट भरतपुर २०२४’ भ्रमण वर्ष कार्यक्रम सफल पार्न सबै प्रयास र सरोकारवालासँग सहकार्य गर्ने पनि बताइन् ।

‘सम्भवतः ‘भिजिट भरतपुर’ भनेर आफ्नै पालिकाको भ्रमण वर्ष कार्यक्रम चलाउने भरतपुर महानगरपालिका पहिलो महानगर हुन सक्छ । यो कार्यक्रम सफल पार्न महानगरले सबै सरोकारवाला र संघ संस्थासँग सहकार्य गरेर कार्यक्रम गर्छ,’ मेयर दाहालले भनिन् ।

झण्डा ग्रहण गर्दै एनटीपी मल्टिमिडिया ग्रुपका अध्यक्ष तथा टूरका संयोजक विष्णु विवेकले ‘भिजिट भरतपुर’ कार्यक्रमले चितवनका अन्य पर्यटकीय गन्तव्यको एक्सप्लोर र प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने बताए । स्थानीय सरकारले भ्रमण वर्ष कार्यक्रम चलाउनु स्वागतयोग्य कार्यक्रम भएपनि पर्यटन अभियन्ता र सरोकारवालालाई जिम्मेवार बनाएर सँगसँगै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।

साथै उनले गोल्डेन ट्रयाङ्गल बाइक टूर कार्यक्रमपछि ‘भिजिट भरतपुर’ कार्यक्रमलाई सहयोग गर्न एनटीपी मल्टिमिडिया ग्रुपले नेपाल टूरिजम फेस्टिभलको भरतपुर संस्करण चलाउने योजना रहेको पनि बताए ।

‘हामी भिजिट भरतपुर कार्यक्रमलाई सहयोग गर्न र भरतपुर महानगरपालिकासँगै सहकार्य गर्न गोल्डेन ट्रयाङ्गल बाइक टूर लिएर आएका छौँ’ मेयर दाहालको स्वागतप्रति धन्यवाद व्यक्त गर्दै संयोजक विष्णु विवेकले भने, ‘यो कार्यक्रम लगत्तै हामीले भिजिट भरतपुर कार्यक्रमलाई थप उचाइमा लैजान नेपाल टूरिजम फेस्टिभलको भरतपुर संस्करण आयोजना गर्ने तयारी गरेका छौँ । पर्यटन बोर्ड र भरतपुर महानगरपालिकासँगको सहकार्यमा हुने फेस्टिभल भरतपुरको प्रचारप्रसारमा नयाँ कोशेढुंगा हुन सक्छ ।’

स्वागत कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले गोल्डेन ट्रयाङ्गल बाइक टूरले भरतपुरका पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा विशेष सहयोग गर्ने बताए । साथै उनले आगामी दिनमा यस किसीमका कार्यक्रमलाई महानगरले प्रोत्साहन गर्ने पनि बताए ।

कार्यक्रममा महानगरका पर्यटन समितिका संयोजक तथा भिजिट भरतपुर कार्यक्रमका योजनाकार विश्व सुवेदीले गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमले भरतपुरको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग गर्ने बताए ।
कार्यक्रममा एनआरएनएका प्रवक्ता तथा भिजिट भरतपुर कार्यक्रमका अन्तर्राष्ट्रिय प्रवद्र्धन समितिका संयोजक सोम सापकोटाले नेपालको पर्यटन प्रवद्र्धनमा अग्रणी स्थानमा खटिएर कार्यक्रम गरिरहेको एनटीपी मल्टिमिडिया ग्रुपले गोल्डेन ट्रयाङ्गल बाइक टूर लिएर भरतपुर आउनु गर्वको विषय भएको भन्दै अब एकसाथ सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । साथै उनले आगामी दिनमा भरतपुरलाई केन्द्रित गरेर टुरिजम फेस्टिभल आयोजना गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमपछि मेयर दाहालले हस्तान्तरण गरेका भिजिट भरतपुर झण्डासहित गोल्डेन ट्रयाङ्गल बाइक टूर टिमले भरतपुरका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गरेको थियो । सोही दिन राइडर्सलाई मार्फा किचेनमा खानाको व्यवस्थापन गरिएको थियो । 

यस्तै राइडर्सलाई लजको व्यवस्थापन भने भरतपुर महानगरपालिका र हान चितवनका अध्यक्ष कृष्ण भट्टले होटल जमघटमा गरेका थिए । त्यसको भोलिपल्ट नारायणी किनारमा ‘चितवन, सौराहा र भरतपुर’ विषयमा सरोकारवालासँग अन्तरक्रिया पनि गरिएको थियो ।

एनआरएनएका प्रवक्ता सोम सापकोटा, भिजिट भरतपुरका योजनाका विश्व सुवेदी र चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुमनारायण श्रेष्ठसँग अन्तरक्रिया गरेर गोल्डेन ट्रयाङ्गल बाइक टूर टिम लुम्बिनीका लागि प्रस्थान गरेको थियो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  १२ : २५ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने