एमालेद्वारा इजरायलमाथिको आक्रमणको भर्त्सना, नेपाली नागरिकको उद्धार गर्न माग | Khabarhub Khabarhub

एमालेद्वारा इजरायलमाथिको आक्रमणको भर्त्सना, नेपाली नागरिकको उद्धार गर्न माग


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा र भर्त्सना गरेको छ । 

‘इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासद्वारा शनिबार अचानक गरिएको आक्रमणको घटनाप्रति हाम्रो पार्टी नेकपा (एमाले) निन्दा र भर्त्सना गर्दछ,’ सोमबार अध्यक्ष केपी शर्माले ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अध्यक्ष ओलीले  हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको निधन भएकोमा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण र शोकाकुल परिवारजनमा गहिरो समवेदनाका व्यक्त गरेका छन् । 

साथै उनले घटनामा परी घाइते हुनेहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि फेरि नेपाल सरकारसमक्ष जोडदार माग गरेका छन् ।  

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : ४५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’