गाजा पट्टीमा १ लाख २३ हजारभन्दा बढी विस्थापित : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

गाजा पट्टीमा १ लाख २३ हजारभन्दा बढी विस्थापित : संयुक्त राष्ट्रसङ्घ


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

गाजा- प्यालेस्टिनी लडाकु समूह हमास र इजरायलबीच द्वन्द्व सुरु भएयता गाजा पट्टीमा एक लाख २३ हजारभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।

“गाजामा मुख्यतः डर, सुरक्षाको चिन्ता र उनीहरूको घर भत्काइएका कारण एक लाख २३ हजार ५३८ भन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय ओसीएचएले भनेको छ ।

ओसीएचएका अनुसार ७३ हजारभन्दा बढी व्यक्तिले विद्यालयमा आश्रय लिइरहेका छन्, जसमध्ये केहीलाई आपतकालीन आश्रयस्थल तोकिएको छ ।

हमासको लडाकु समूहले इजरायलमा घातक आक्रमण गर्नुका साथै हजारौँ रकेट प्रहार गरेपछि इजरायलले शनिबारदेखि गाजामा सयौँ हवाई आक्रमण गरेको छ ।

प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय यूएनआरडब्लुएका प्रवक्ता अदनान अबु हसनाले यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरेको बताएका छन् ।

“यी विद्यालयमा बिजुली छ, हामी उनीहरूलाई खाना, सफा पानी, मनोवैज्ञानिक सहयोग र चिकित्सा उपचार प्रदान गर्छौं,” उनले एएफपीसँग भने ।

गाजामा २३ लाख प्यालेस्टिनी छन्, उनीहरूले सन् २००७ मा हमासले सत्ता सम्हालेपछि इजरायली नाकाबन्दीको सामना गरिरहेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : २४ बजे

भृकुटीमण्डपमा एमाले नेता कार्यकर्ताको चहलपहल (तस्बिर)

काठमाडौं – नेकपा (एमाले) को ११ औं महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा

धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ– मोरङमा बेमौसमी वर्षाका कारण यस वर्ष धान उत्पादन घटेको

बागलुङको बेलढुङ्गा घरबासमा पाहुनाको ‘कोदोको सेलरोटी’

बागलुङ– पछिल्लो समय बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

बन्दसत्र रोकेर ओलीले किन बोलाए एमाले केन्द्रीय कमिटी बैठक ?

काठमाडौं – पार्टीको ११ औं महाधिवेशनको बन्दसत्र रोकेर एमाले अध्यक्ष

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठक बोलाएपछि एमालेको बन्दसत्र सर्‍यो

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनकै बीचमा