इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद  « Khabarhub

इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद 


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा रहेका विद्यार्थीसँग संवाद गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले इजरायलमा भएको हमासको आक्रमणमा परेर बंकरभित्र रहेका नेपाली विद्यार्थीहरूका टिम लिडर विपिन सुवेदीसँग संवाद गरेका हुन्।

उनले सोमबार दिउँसो सुवेदीसँग भिडिओ मेसेन्जरबाट कुराकानी गरेको प्रधानमन्त्रीका  स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्। 

भिडिओ कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरू लगातार उद्धारका लागि पहल गरिरहेको जानकारी गराएका छन्। साथै, उनले त्यहाँ अलपत्र रहेका विद्यार्थीसँग समन्वय गरिदिनका लागि आग्रह समेत गरे। 

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भर्दा २९ गते इजरायल गएका ४९ जना विद्यार्थीहरूमध्ये १० जनाको निधन भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : ५७ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६