इजरायलमाथि हमासले गरेको आक्रमणमा नेपालीको मृत्यु भएको घटनाबाट मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड | Khabarhub Khabarhub

इजरायलमाथि हमासले गरेको आक्रमणमा नेपालीको मृत्यु भएको घटनाबाट मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमाथि हमासले गरेको आक्रमणमा परी नेपालीहरुको मृत्यु भएको घटनाबाट आफू मर्माहत भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले आज बसेको मन्त्रिपरिषदको विशेष बैठकले घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको जानकारीसमेत दिएका छन् ।

बैठकले इजरायल सरकारसँग समन्वय गरी निधन भएकाहरुको शव नेपाल ल्याउने, राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, बेपत्ताको खोजी र घाइतेको उपचारको समन्वय गर्ने, नेपाली नागरिकलाई स्वदेश फर्काउन हवाई चार्टरको व्यवस्था गर्नेलगायतका निर्णय गरेको छ ।

यो दुःखद र कठिन घडीमा धैर्यतापूर्वक सम्हालिएर अघि बढ्नसमेत प्रधानमन्त्रीले सबैलाई अपिल गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ५९ बजे

जसपासम्बद्ध नेपाली समाज अमेरिकाको महाधिवेशन सम्पन्न

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रवास संगठन नेपाली समाज

भरतपुर भ्रमण वर्ष २०२४ लाई साईडबोट उपकरण उपलब्ध

चितवन– भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै साईडबोट उपकरण

जंगल र जंगली जनावरको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जङ्गल र जङ्गली जनावरको

अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा आराधना

गलकोट– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रसिद्ध शक्तिपीठ बागलुङ

कवाडी पसलमा आगलागी थप एकको मृत्यु

सुन्दरहरैँचा– मोरङको विराटनगर महानगरपालिका–७ स्थित कवाडी पसलमा आगलागी हुँदा तीन