इजरायलमाथि हमासले गरेको आक्रमणमा नेपालीको मृत्यु भएको घटनाबाट मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

इजरायलमाथि हमासले गरेको आक्रमणमा नेपालीको मृत्यु भएको घटनाबाट मर्माहत छु : प्रधानमन्त्री प्रचण्ड


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमाथि हमासले गरेको आक्रमणमा परी नेपालीहरुको मृत्यु भएको घटनाबाट आफू मर्माहत भएको जनाएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त अकल्पनीय घटनाबाट जीवन गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रधानमन्त्रीले आज बसेको मन्त्रिपरिषदको विशेष बैठकले घटनामा दिवङ्गत भएका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न असोज २३ गते राष्ट्रिय शोक घोषणा गरेको जानकारीसमेत दिएका छन् ।

बैठकले इजरायल सरकारसँग समन्वय गरी निधन भएकाहरुको शव नेपाल ल्याउने, राहतस्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने, बेपत्ताको खोजी र घाइतेको उपचारको समन्वय गर्ने, नेपाली नागरिकलाई स्वदेश फर्काउन हवाई चार्टरको व्यवस्था गर्नेलगायतका निर्णय गरेको छ ।

यो दुःखद र कठिन घडीमा धैर्यतापूर्वक सम्हालिएर अघि बढ्नसमेत प्रधानमन्त्रीले सबैलाई अपिल गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ५ : ५९ बजे

रास्वपा सिध्याउन राज्यका सबै अंग प्रयोग गरियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यसअघिको

जेनजी आन्दोलनबारे रास्वपा : फोहोरी तलाउमा युवा आक्रोश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

आफूमाथिका मुद्दा र आरोपबारे रवि : नांगो राजनीतिक प्रतिशोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा सभापति

रास्वपाको अर्थ-राजनीतिक प्रस्तावना : प्रदेश सभा खारेजीदेखि स्थानीय तहको संख्या घटाउनेसम्म

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशनमा प्रदेशसभा खारेजी र स्थानीय तहको

रास्वपाको एजेन्डा प्रत्यक्ष कार्यकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले प्रत्यक्ष