अत्तरियामा बस दुर्घटना, तीन जना घाइते « Khabarhub

अत्तरियामा बस दुर्घटना, तीन जना घाइते


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको अत्तरियामा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।

धनगढीबाट जोगबुढाका लागि छुटेको बस आज अत्तरियामा दुर्घटना भएको हो। धनगढीबाट जोगबुढाका लागि छुटेको शिवपुरी यातायातको ना ४ ख ९५५४ नम्बरको बस गोदावरीमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

जोगबुढाका हरिश भट्टराईले चलाएको बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएको थियो । दुर्घटनामा घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ७ : १५ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको