प्रधानमन्त्रीद्वारा कृतज्ञता ज्ञापन « Khabarhub

प्रधानमन्त्रीद्वारा कृतज्ञता ज्ञापन


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय शोकको घडीमा राजनीतिक दल, नागरिक समाज एकाकार भएर सरकारप्रति ऐक्यबद्धता प्रकट गरेकामा सबैप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

सिंहदबारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिँदै धन्यावाद ज्ञापन गरेका हुन्।

उनले सरकारको प्रयासका कारण बङ्करमा फसेका नेपाली विद्यार्थीको आज उद्धार भइसकेको र नेपाल फर्कन चाहनेलाई विमान चार्टर गरी ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताए ।

“चाँडोभन्दा चाँडो सत्यतथ्य सूचना प्रवाह गर्नुपर्ने राष्ट्रिय दायित्वका हिसाबले सबैलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो”, प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले भने, “सङ्कटको यो समयमा राष्ट्रिय सहमति भयो, सबैको एक स्वर रह्यो, त्यसका लागि प्रधानमन्त्रीले आभार व्यक्त गर्नुभयो ।”

प्रधानमन्त्री दाहालले बोलाउनुभएको उक्त बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्का उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खडका, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी थिए ।

बैठकमा परराष्ट्रमन्त्री एनपी साउदले सरकारले गरेको कामबारे जानकारी दिएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ३८ बजे

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना