सर्वदलीय बैठक : इजरायलका नेपालीको उद्धारमा ढिलाइ नगर्न सरकारलाई सुझाव « Khabarhub

सर्वदलीय बैठक : इजरायलका नेपालीको उद्धारमा ढिलाइ नगर्न सरकारलाई सुझाव


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले इजरायल घटनाका बिषयमा सवै दलहरु एक रहेर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् ।

सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकले दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले इजरायल घटनापछि नेपालीको अवस्था बुझ्ने काम भएको सुरक्षित स्थानमा लैजान काम सुरु भइसकेको र स्वदेश आउन चाहने नागरिकका लागि आवश्यक तयारी गरिएको जानकारी गराएका थिए ।

त्यस्तै बिभिन्न दलका नेताहरुले नेपाली नागरिकको उद्धार र मृतकको शव छिटो भन्दा छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकपछि माओवादी केन्द्रका नेता हितराज पाण्डले बैठकमा प्रधानमन्त्रीले सरकारले गरेको निर्णयका बारेमा जानकारी गराएको बताए । उनले प्रभावकारी रुपमा नेपालीहरुको उद्दारको व्यवस्था गर्न सरकारलाई दलहरुले सुझाव दिएको जानकारी दिए ।

त्यस्तै कांग्रेस नेता रमेश लेखकले जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित ठाउमा राख्न सरकारले पहलकमदी गर्ने र मृत्युवरण गरेकाको शव छिटो देशभित्र झिकाएर परिवारलाई बुझाउने काम गर्न आग्रह गरिएको बताए ।

त्यस्तै एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकार सन्तुलन ढंगले प्रस्तुत भएर उद्दारका काम गर्न सुझाव दिएको बताए ।

बैठकमा दलका प्रतिनिधिहरुले सरकारले गरेका निर्णयको कार्यान्वयनमा जोड दिनुपर्ने र आधिकारीक स्थानबाट सहि सुचना प्रवाह गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ८ : ४७ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान