निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगर | Khabarhub Khabarhub

निःशुल्क रगत उपलब्ध गराउँदै काठमाडौँ महानगर


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोलको रोहवरमा आज कामपाका तर्फबाट स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र नेपाल रेडक्रस सोसाइटीका तर्फबाट उपमहामन्त्री मनोजकुमार थापाले सो सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसअघि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन भइसकेको उल्लेख गर्दै प्रमुख साहले स्वास्थ्य सेवालाई सहज र पहुँचयुक्त बनाउन रगत तथा रक्ततत्व निःशुल्क उपलब्ध गराउन सम्झौता गरिएको बताए ।

उपप्रमुख सुनिता डङ्गोलले अब रगतका लागि सहज हुने बताउनुभयो । कामपाका जनस्वास्थ्य विभाग प्रमुख पौडेलका अनुसार, उपलब्ध गराइने रगतको व्यवस्थापनका लागि रक्त सञ्चार सेवालाई रकम उपलब्ध गराइनेछ । यसका लागि प्रति युनिट रु एक हजार ६० र क्रस म्याच गराउनु परे थप रु दुई सय उपलब्ध गराइनेछ ।

सम्झौताअनुसार महानगरका वडाबाट रक्तदान कार्यक्रम आयोजना र अन्य रक्तदानका कार्यक्रममा खाजावापत प्रत्येक रक्तदातालाई रु दुई सय उपलब्ध गराइने छ । रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालका अनुसार सम्झौता बमोजिम कामपाले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराउनेछ ।

सेवा लिनका लागि कामपाको स्थायी बासिन्दा भएको प्रमाण पेश गर्नुपर्नेछ । नागरिकता, मतदाता परिचयपत्र, बसाइसराइको प्रमाणपत्र, जन्म दर्ता, विवाह दर्ता प्रमाणपत्रमध्ये कुनै एउटा पेश गर्नुपर्ने छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ९ : ४३ बजे

कुमारी बैंक र पशुपति रिक्रियसनबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र पशुपति रिक्रियसन प्राली (उप्स)बीच सम्झौता

संसद्‍का आन्दोलित कर्मचारीले सभामुखको मात्रै अनुहार देखाइरहेपछि…

काठमाडौं- केही दिनदेखि निरन्तर आन्दोलित संघीय संसद् सचिवालयका कर्मचारीहरूले बुधबार

इलाम-१ मा पुन निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज

काठमाडौं– एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वोच्चमा दायर गरेको

सहकारी विभागको सिफारिसमा समस्याग्रस्त तीन सहकारीको बचत फिर्ता

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नरोकिने

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति प्रक्रियामा सर्टलिस्टमा परेका