एकदिवसीय विश्वकप क्रिकेट : आज न्यूजिल्याण्ड र श्रीलंका खेल्ने « Khabarhub

एकदिवसीय विश्वकप क्रिकेट : आज न्यूजिल्याण्ड र श्रीलंका खेल्ने


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्यूजिल्याण्डश्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो सवा २ बजे भारतको बेंगलोरमा सुरु हुनेछ । 

आजको खेलमा न्यूजिल्याण्ड श्रीलंकालाई हराएर सेमिफाइनलको सम्भावना जीवित राख्ने योजनामा रहेको छ । न्यूजिल्याण्डलाई सेमिफाइनलको यात्राका लागि यो खेल जितेर मात्र पनि पुग्दैन अफगानिस्तान र पाकिस्तानसँगको नेटरनरेटमा भर पर्नेछ । श्रीलंका भने सेमिफाइनलको दौडबाट बाहिरी सकेको छ ।

अन्तिम खेलमा अफगानिस्तान र पाकिस्तान पराजित भएमा न्युजिल्यान्डलाई आजको खेलमा जित मात्रै पर्याप्त हुनेछ । तर यी दुई टोली मध्ये एक वा दुबै विजयी भएको खण्डमा भने नेटरनरेट निर्णायक बन्नेछ ।

जारी विश्वकपमा न्यूजिल्याण्ड ८ खेलबाट ८ अंकका साथ तेस्रो स्थानमा रहँदा ४ अंक जोडेको श्रीलंका नवौँ स्थानमा छ । यस्तै एक खेल कम खेलेका पाकिस्तान र अफगानिस्तान दुबैको समान ८–८ अंक छ ।

अन्तिम चारमा रहने टोलीले सेमिफाइनलमा भारतसँग खेल्नेछ । दक्षिण अफ्रिका र अष्ट्रेलियाले दोस्रो सेमिफाइनल खेल्ने पक्का भइसकेको छ । न्युजिल्यान्डले सुरुवाती चार खेल जितेपनि त्यसपछि लगातार चार खेल हारेको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : २३ बजे

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता