रेशम चौधरीलाई आममाफीविरुद्ध रिटको पेसी स्थगित « Khabarhub

रेशम चौधरीलाई आममाफीविरुद्ध रिटको पेसी स्थगित


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटकाे आजकाे पेसी स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण चौधरीको आजका लागि तोकिएको पेसी स्थगितमा परेको हो ।

टीकापुर घटनामा सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएका चौधरीलाई सरकारको सिफारिसमा आममाफी दिइएपछि सो घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले दायर गरेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भनिएको थियो ।

कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन माग गर्दै गत जेठ १६ गते सर्वोच्चमा रिट दिएकी थिइन् ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो ।

सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो । तर उक्त फैसलाको पूर्णपाठ नआउँदै कैद मिनाहा गरिएको थियो ।

२०७२ साल भदौ ७ गते कैलालीको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी बरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जना मारिएका थिए । आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार चौधरी रहेको सर्वोच्चले ठहर गरेको थियो ।

 

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १० : ५२ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको