पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला « Khabarhub

पोखरामा रैथाने हाटबजार, तिहारको मुखमा सयपत्री मेला


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखरामा रैथाने हाटबजार सञ्चालनमा आउने भएको छ । पोखरा महानगरपालिका र श्री कम्प्लेक्स प्रालिको साझेदारीमा हाटबजार सञ्चालन गर्न लागिएको हो । हाटबजार आउँदो शनिबार शुभारम्भ गरिने कार्यक्रम रहेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । 

उनका अनुसार हाटबजारमा स्थानीय उत्पादनका दसभन्दा बढी स्टल रहनेछन् । मनखुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा राखिने छ । 

यस्तै पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान (साइपाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं ६ ले उत्पादन गरेका कृषिउपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामाग्री पनि राखिने भएको छ ।

हाटबजारमा तिहारलाई लक्ष्य गर्दै रैथाने खानाका परिकार (सेलरोटी, झिलिङ्गा, चिनीरोटी), स्थानीयस्तरमा उत्पादित खाद्य वस्तु कोदो, मकै, गहुँ, फापरलगायत विभिन्न तरकारी पनि बिक्रीका लागि राखिने प्रमुख कडरियाले बताए । 

उनका अनुसार सो अवसरमा तीन दिनसम्म सयपत्री फूल मेला-२०८० समेत आयोजना गरिनेछ । महानगरपालिकाले स्थानीय कृषकसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी जमिनमा सयपत्री फूल लगाएको र उत्पादित फूल पनि बिक्रीमा राखिनेछ । सयपत्री फूलमा महानगरपालिका आत्मनिर्भर भएको उनले बताए। प्रमुख कडरियाले भने, ‘यसपालीको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।’ महानगरपालिकाले सयपत्री फूलको दररेटसमेत तोकेको छ । 

महानगरपालिकाको आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय कृषकको समन्वयमा फूलको दर तोकिएको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई रु पाँच देखि दस, १५ ग्राम तौल भएको एकथुङ्गाको मूल्य चार र पाँचदेखि दस ग्राम तौलको फूल रु दुई तोकिएको छ । यस्तै मालाको क्रमशः रु दुई सय, रु एक सय ८० र रु एक सय ५० तोकिएको छ भने प्रतिकेजी सयपत्री फूलको मूल्य रु चार सय तोकिएको छ । 

श्री कम्प्लेक्समा तीन दिनसम्म चल्ने मेलामा स्थानीय तथा रैथाने उत्पादन प्रवर्द्धन, विकास र बजारीकरणका सम्बन्धमा थप छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरू गरिनेछन् । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १२ : ४० बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित