मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन | Khabarhub Khabarhub

मधेस विश्वविद्यालयमा कानुन र जनप्रशासन विषयमा पठनपाठन


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मधेस विश्वविद्यालयले कानुन र जनप्रशासन सङ्कायमा भर्ना भएका विद्यार्थीका लागि अनुशिक्षण कक्षा सञ्चालन गरेको छ । 

स्थापना भएको पहिलो एक वर्षमै विश्वविद्यालयले आगामी मङ्सिर ११ गतेदेखि कानुन सङ्कायतर्फ बिएएलएलबी र जनप्रशासन सङ्कायको पठनपाठन सुरु गर्न लागेको हो । 

यसका लागि प्रवेश परीक्षामार्फत कानुन सङ्काय बिएएलएलबी भर्ना भएका एक सय १० र जनप्रशासन सङ्कायका ५५  विद्यार्थीका लागि विश्वविद्यालयले तीन दिने अनुशिक्षण कक्षा सञ्चालन गरेको हो ।

विश्वविद्यालयमै सञ्चालित अनुशिक्षण कक्षामा विश्वविद्यालयका उपकुलपति दीपक शाक्य, रजिष्ट्रार विजयकुमार यादवले विश्वविद्यालयको अवस्था र भावी कार्ययोजनाबारे प्रशिक्षण दिनुभयो । 

यस्तै पर्सा जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा र जिल्ला सरकारी वकिल कार्यालय पर्साका सहन्यायाधिवक्ता रामकुमार थापाले कानुन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनसम्बन्धी प्रशिक्षण दिएको विश्वविद्यालयका रजिष्ट्रार यादवले जानकारी दिए ।

विद्यालयलाई सुष्मा श्रेष्ठ, वासुदेवलाल कर्ण र अरविन्द श्रेष्ठले विश्वविद्यालयको आचरण र विद्यालयले परिपालना गर्नुपर्ने विषयमा सहजीकरण गरे भने शैक्षिक क्रियाकलाप तथा विश्वविद्यालयको अनुशासनसम्बन्धी विश्वविद्यालयका कानुन तथा जनप्रशासन सङ्कायका डीन डा. मानबहादुर विश्वकर्माले सहजीकरण गरेको रजिष्ट्रार यादवले बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन तथा सामाजिक न्यायसम्बन्धी अधिवक्ता विकास गुप्ताले सहजीकरण गरे ।

पठनपाठनका लागि मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्व विद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रम पारित भइसकेको छ । 

विश्वविद्यालयको तत्काल आफ्नो संरचना निर्माण भइनसकेकाले काठमाडौँ विश्व विद्यालयको समन्वयमा यी दुबै सङ्कायको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । त्यससँगै विश्वविद्यालयले आवश्यक पूर्वाधार निर्माणको कार्यलाईसमेत अघि बढाएको छ ।

गत २०७९ वैशाख १४ गते मधेस प्रदेशसभाद्वारा मधेस विश्वविद्यालय ऐन २०७९ जारी भई २०७९ साल भदौ २२ गते स्थापना भएको सो विश्वविद्यालयले एक वर्षकै अवधिमा दुई वटा सङ्कायको पठनपाठन सुरु गर्न लागेको छ । विश्वविद्यालयले वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गर्दै आएको छ ।

पोलिटेक्निक, आईटी, व्यवस्थापन, पारामेडिकल, कृषि इन्जिनियरिङ लगायतका प्राविधिक शिक्षाको माध्यमबाट मधेस प्रदेशलाई प्राविधिक शिक्षा हवको रुपमा विकास गर्ने उद्देश्यका साथ अघि बढेको मधेस विश्वविद्यालयले जग्गा प्राप्तिसँगै आवश्यक भौतिक संरचनाका लागि डीपीआर तयारीमा जुटेको विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्यले जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  १ : ०९ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी