हतियारसहित पाँचजना पक्राउ « Khabarhub

हतियारसहित पाँचजना पक्राउ


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

बारा– बारा प्रहरीले सिम्रौनगढ ११ बाट दुई पेस्तोल र दश थान गोलीसहित पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने जिल्ला बारा सिम्रोनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने ४० वर्षीय उपेन्द्र पटेल, २७ वर्षीय धिरेन्द्र पटेल, ६२ वर्षीय रूपलाल पटेल, रौतहट जिल्ला बौधीमाई नगरपालिका वडा नं.२ बस्ने ४४ वर्षीय राजमंगल पटेल र ८० वर्षीय शोभा राउत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

बारा जिल्ला सिम्रौनगढ नगरपालिका वडा नं.११ भगवानपुर बस्ने रूलाल पटेलको छोरा उपेन्द्र पटेलले आफ्नो घर कोठामा अवैध रुपमा हतियारसहित मानिस लुकिछिपी बसेको सूचना पाएर गएको इलाका प्रहरी कार्यालय सिम्रोनगढको प्रहरी टोलीले घर खनतलासी गर्दा कालो रंगको पोलिथिन झोला भित्र सेतो कपडाले बेरी लुकाई छिपाई राखेको एउटा नलकटुवा पेस्तोल सहित एक थान गोली र एउटा रिभाल्वर सहित सात थान गोली बरामद गरिएको हो । यो सँगै प्रहरीले केएफ लेखिएको जंगी राउन्ड दुई थान गोली बरामद गरिएको बाराका प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।

पक्राउ परेकालाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ३ : ०७ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको