हत्यामा संलग्न एक महिला पक्राउ « Khabarhub

हत्यामा संलग्न एक महिला पक्राउ


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न रही फरार रहेको अभियोगमा एक महिलालाई काठमाडौँबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम पञ्चदेवल विनायक नगरपालिका-८ घर भएकी ३० वर्षीया लक्ष्मी सुनार रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

पञ्चदेवल विनायक नगरपालिका-८ बस्ने १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको  कात्तिक १७ गते बिहान हत्या गरी फरार रहेकी उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवन काठमाडौँबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ५ : ५३ बजे

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं – पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको

के अक्षय खन्ना ‘रेस ४’ को हिस्सा बन्नेछन् ?

काठमाडौं – बलिउड फिल्म ‘धुरन्धर’ मा अक्षय खन्नाको दमदार अभिनयले

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर