प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकार संवेदनशील हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल « Khabarhub

प्रभावित क्षेत्रमा स्वास्थ्य संकट आउन नदिन सरकार संवेदनशील हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूकम्पपीडितको लागि युवा सङ्घ नेपालद्वारा संकलित राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ ।  

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रु १४ लाख मूल्य बराबरको राहत सामग्री युवा सङ्घ नेपालका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा युवा सङ्घका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गर्दै पूर्वप्रधानमन्त्री खनालले भूकम्प प्रभावित क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्‍याउन नसके स्वास्थ्य संकट आउन सक्ने भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।

नेता खनालले राहत पाउने कुरामा प्रभावित थप समस्यामा परेको, सामान्यभन्दा सामान्य सेवा सुविधासमेत नपाएको समाचार आइरहेकाले उनीहरुलाई सहयोग गर्न सरकार गम्भीर हुनपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले सहयोगको लागि विश्वभर छरिएका नेपालीलाई आग्रह गर्दै देशमा दुःख परेका बेला विदेशमा रहेका नेपाली एकजुट भएर उनीहरूलाई सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

राहत सामग्री डिजिटल सोलार प्यानल करिब रु छ लाख बराबरको २० थान, एन्टि मस्क्युटो किड्स रु एक लाख बराबरको दुई सय ५२ थान, स्यानिटरी प्याड रु तीन लाख बराबरको पाँच सय थान, अक्सिजन कन्सन्ट्रेटर एक थान रु एक लाख ५० हजार बराबरको, अक्सिमिटर एक थान रु एक लाख ५० हजार बराबर र विभिन्न औषधि रु दुई लाखभन्दा बढी मूल्य बराबरको र भोलेन्टियर हेलमेट एक सय थान रु ५० हजार बराबरको रहेको जनाइएको छ । गत शुक्रबार ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटसहितका जिल्लामा जनधनसहित ठूलो क्षति पुर्‍याएको हो ।

युवा सङ्घका प्रवक्ता सञ्जीप राईको टोली आजै राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोट लागेको छ । 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ७ : २६ बजे

आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री