भूकम्पपीडितका लागि कांग्रेसको राहत कोषमा दुई लाख ५१ हजार सहयोग | Khabarhub Khabarhub

भूकम्पपीडितका लागि कांग्रेसको राहत कोषमा दुई लाख ५१ हजार सहयोग


२३ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ एकाइ समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई रु दुई लाख ५१ हजार पाँच सय ५५ सहयोग गरेको छ । समितिले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण जनधनको क्षति व्यहोरेका त्यस क्षेत्रको पीडित जनताको पुनःस्थापना र उपचारका लागि उक्त रकम सहयोग गरेको हो ।

भूकम्पपीडितका लागि नेपाली कांग्रेसले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी उक्त रकम हस्तान्तरण गरेको कांग्रेस काठमाडौँ महानगरपालिका–४ का सभापति रामप्रसाद न्यौपानेले जानकारी दिए। एकाइ समितिले उक्त रकम आज कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको हो ।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिएका सम्बन्धित क्षेत्रका जनताको तत्काल उद्धार र घाइतेको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनालाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको सभापति न्यौपानेले बताए ।

यसअघि सो समितिले कात्तिक २५ गते चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने तयारी गरेकामा भूकम्पका कारण पार्टी केन्द्रको निर्देशानुसार उक्त कार्यक्रम रद्द गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार  ९ : ४७ बजे

प्रहरी समायोजनको माग गर्दै सातै प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए पत्र

काठमाडौं – प्रहरी समायोजनको माग गर्दै सात प्रदेशका गृहमन्त्रीले प्रधानमन्त्री

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प

गायकवाडको शानदार शतकमा अष्ट्रेलियालाई भारतको विशाल चुनौती

काठमाडौं – टि–२० सिरिज अन्तर्गत तेस्रो खेलमा टस हारेर ब्याटिङ

तनहुँमा अजिङ्गर फेला

दमौली –तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सीमा आज अजिङ्गर फेला परेको

चन्द्रयान ४ ले चन्द्रमाको सतहबाट माटो र चट्टान पृथ्वीमा ल्याउने

नयाँ दिल्ली- भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सञ्चालन गर्ने अर्को