कोशी प्रदेशमा सूचना प्रविधि तालिम सुरु « Khabarhub

कोशी प्रदेशमा सूचना प्रविधि तालिम सुरु


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशमा पहिलोपटक सूचना प्रविधिमा आधारित एआई, रोवटिक्स र कोडिङलगायत १२ विधामा विद्यार्थीलाई शुक्रबारदेखि  अध्यापन प्रारम्भ गरिएको छ ।

मोरङको बूढीगङ्गामा–२ टङ्कीसिनवारीमा रहेको जेभियर्स इंग्लिस विद्यालयले दूरशिक्षा काठमाडौँका प्रशिक्षकद्वारा शुक्रबारदेखि तालिम सुरु गरेको हो ।

अहिलेको विश्वका परिवेशमा सूचना प्रविधिलगायतका विषयमा स्वदेश र विदेशमा अत्यधिक मागलाई ध्यानमा राखी मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्न एआईसम्बन्धी अध्यापन सुरु गरिएको विद्यालयका उपप्राचार्य जनक ढकालले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत कक्षा ३ देखि १० सम्मका पाँच सय विद्यार्थीलाई एआईसम्बन्धी अध्यापन गरिने छ । पूर्वाञ्चल विश्वविद्यालयका सहायक डिन मनोज साह, दूरशिक्षाका प्रतिनिधि कृष्ण भण्डारी र विद्यालयका प्राचार्य परेश पोखरेलले संयुक्तरुपमा शुभारम्भ गर्दै मुलुकलाई आवश्यक पर्ने सूचना प्रविधिका दक्ष जनशक्ति उत्पादनमा  योगदान पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालयले दूर शिक्षालाई १० लाख भुक्तानी गरेको छ भने विद्यार्थीलाई निःशुल्क तालिम दिने व्यवस्था मिलाएको विद्यालयले जनाएको छ । आगामी एक वर्षसम्म दूर शिक्षाले सूचना प्रविधिका ४८ वटा विधामा तालिम  सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : १९ बजे

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको