माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न « Khabarhub

माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिटीए फाउन्डेसनको मुख्य आयोजनामा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सम्पन्न भएको छ । 

शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बासबारीमा शनिबार आयोजित शिविरमा माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरू गरेर  झण्डै एक सय जनाको मुटु जाँच गरिएको हो । 

पछिल्लो समय हिमाल आरोहण गर्ने र गराउने माउन्टेन गाइड, उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाने ट्रेकिङ गाइड र पर्यटकको सामान बोकेर जाने पोटरहरूको मुटुमा प्वाल पर्ने, मुटु दुख्ने समस्या देखिए पनि जाँच तथा उपचार महँगो पर्ने भएकाले उनीहरू सेवाबाट बञ्चित थिए।

जिटीए फाउन्डेसनले हेनरी फोर्ड हेल्थ र शहिद गंगालाल राष्ट्रिय मुटु केन्द्रसँग सहकार्य गरेर हिमाली तथा उच्च पहाडी पर्यटन क्षेत्रमा काम गर्ने माउन्टेन गाइड, ट्रेकिङ गाइड र पोटरहरूको मुटु जाँच शिविर सञ्चालन गरेर गम्भीर समस्या देखिएकाहरूको निःशुल्क उपचार गरिने फाउन्डेसनका प्रमुख दीपकचन्द्र बज्राचार्यले बताए। 

उनका अनुसार मुटु जचाँउनेमा शेर्पाहरू धेरै छन् । उनीहरूको मुटु वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर विनय रौनियार लगायतको टिमले जाँच गरेको हो । 

मुटु जाँच गराउनेहरूलाई सुरूमा फारम भराइएको थियो । फारम भरेकाहरु पचास जना र थप चालीस जना गरेर नब्बे जनाको मुटु परीक्षण गरिएको हो । 

जिटीए फाउन्डेसनको आयोजना र पहलकदमीले शेर्पा लगायत गाइड र पोटरको निःशुल्क मुटु जाँच र उपचार हुनु महत्वपूर्ण काम भएको नाट्टाका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, पर्यटन समितिका उपसभापति अच्युत गुरागाईँले बताए। 

एक दिने शिविरबाट धेरै जसो शेर्पा लाभान्वित भएका छन् । मुटु जाँच गरेकाहरूलाई प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  १ : ०५ बजे

विश्वकप पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर