लेबनान–इजरायल सीमामा भिडन्त हुँदा ६ जनाको मृत्यु | Khabarhub Khabarhub

लेबनान–इजरायल सीमामा भिडन्त हुँदा ६ जनाको मृत्यु


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

बेरुत- लेबनान–इजरायल सीमामा भएको भिडन्तमा परी ६ जनाको मृत्यु भएको छ । मारिनेमा चार जना हेज्बोल्लाहका लडाकु र दुई जना प्यालेस्टाइनी इस्लामिक जिहाद (पीआइजे) अभियानका सदस्य रहेको लेबनानी सैन्य स्रोतले जनाएको छ ।

दक्षिणी लेबनानमा सीमावर्ती इलाकालाई निशाना बनाएर गरिएको इजरायली बमबारीमा चार लेबनानी नागरिक र दुई लेबनानी सैनिक घाइते भएको नाम उल्लेख नगर्ने सर्तमा उक्त स्रोतले जनाएको छ ।

दुई अलगअलग इजरायली आक्रमणमा चार हेज्बोल्लाह लडाकु मारिएका हुन् । दक्षिण पश्चिम लेबनानको जङ्गली क्षेत्रलाई निशाना बनाएर गरिएको इजरायली आक्रमणमा पीआइजेका दुई सदस्यको मृत्यु भएको थियो ।

सैन्य स्रोतका अनुसार लेबनानको दक्षिणपश्चिममा २६ र दक्षिणपूर्वका १५ सहर र गाउँमा इजरायलले बमबारी गरेको छ । यसैबीच, आफ्ना लडाकुले इजरायलका सात स्थानमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको र अन्य एक घाइते भएको हेज्बोल्लाहले बताएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ५ : ०४ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले