क्रिस्टल प्यालेसविरुद्ध लिभरपुलको रोमाञ्चक जित « Khabarhub

क्रिस्टल प्यालेसविरुद्ध लिभरपुलको रोमाञ्चक जित


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको लिभरपुलले खेलमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो ।

लिभरपुलको जितमा खेलको ७६औं मिनेटमा मोहमद सलाह र खेलको ९१औ मिनेटमा हार्भी एल्लीओटले गोल गरेका थिए ।

यसअघि खेलको ५७औं मिनेटमा जीन फिलिप माटेटाले पेनाल्टी मार्फत गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । यस खेलमा खेलको ७५औं मिनेटमा क्रिस्टल प्यालेसका जोर्डन आएवले रातो कार्ड पाएपछि प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको १६ खेलमा ३७ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको आर्सनल १५ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

त्यस्तै क्रिस्टल प्यालेसको भने १६ खेलमा १६ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ९ : १५ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै