क्रिस्टल प्यालेसविरुद्ध लिभरपुलको रोमाञ्चक जित « Khabarhub

क्रिस्टल प्यालेसविरुद्ध लिभरपुलको रोमाञ्चक जित


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ईङ्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलले क्रिस्टल प्यालेसविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २-१ गोल अन्तरले पराजित गरेको हो । १-० ले पछि परेको लिभरपुलले खेलमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो ।

लिभरपुलको जितमा खेलको ७६औं मिनेटमा मोहमद सलाह र खेलको ९१औ मिनेटमा हार्भी एल्लीओटले गोल गरेका थिए ।

यसअघि खेलको ५७औं मिनेटमा जीन फिलिप माटेटाले पेनाल्टी मार्फत गोल गर्दै क्रिस्टल प्यालेसलाई अग्रता दिलाएका थिए । यस खेलमा खेलको ७५औं मिनेटमा क्रिस्टल प्यालेसका जोर्डन आएवले रातो कार्ड पाएपछि प्यालेस १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि लिभरपुल लिगको शिर्ष स्थानमा उक्लिएको छ । लिभरपुलको १६ खेलमा ३७ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको आर्सनल १५ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

त्यस्तै क्रिस्टल प्यालेसको भने १६ खेलमा १६ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ९ : १५ बजे

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

पाल्पा– जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै मोटरसाइकल

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप