आतंकवादविरुद्ध सहकार्य गर्न केन्या र भारत सहमत « Khabarhub

आतंकवादविरुद्ध सहकार्य गर्न केन्या र भारत सहमत


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- आतंकवादविरुद्ध सहकार्य गर्न केन्या र भारत सहमत भएका छन् । भारत भ्रमणमा रहेका बेला केन्याका राष्ट्रपति विलियम रुटो र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आतंकवादीविरुद्ध सहकार्य गर्न सहमत भएका हुन् ।

दुई नेताबीच आतंकवादविरुद्धको क्षेत्रमा आपसी सहकार्यलाई बढाउने सहमति भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

आतंकवाद अहिले विश्वमा सबैभन्दा गम्भीर चुनौतीका रुपमा देखा परेको विषयमा पनि दुई नेता एकमत रहेको एएनआईले जनाएको छ ।

यसअघि प्रधानमन्त्री मोदीले दुई देशबीच आर्थिक सहकार्यका लागि नयाँ अवसरहरू खोजिने उल्लेख गरेका थिए । उनले भारत केन्याका लागि भरपर्दो र प्रतिबद्ध विकास साझेदार रहेको पनि जनाए ।

पछिल्लो समय केन्यामा बलिउडसँगै योग र आयुर्वेदको लोकप्रियता बढ्दै गएको भन्दै यसबाट पनि दुई देशबीच साँस्कृतिक आदान प्रदान बढ्दै गएको प्रधानमन्त्री मोदीको भनाइ छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ४ : ०२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु