समयमा खाना नखाँदा ग्यास्ट्रिक हुन सक्छ « Khabarhub

समयमा खाना नखाँदा ग्यास्ट्रिक हुन सक्छ



काठमाडौँ -सामान्यतया मानिसहरू पेट दुख्ने बित्तिकै ग्यास्ट्रिक भएको भन्ने गरेको पाइन्छ। ग्यास्ट्रिक धेरैलाई हुने रोग हो। ठिक समय र मात्रामा खाना खाने नगरे ग्यास्ट्रिक हुन सक्छ। ग्यास्ट्रिकलाई सामान्य भने ठान्नु हुँदैन। ग्यास्ट्रिक बिग्रिएमा आन्द्राको अल्सर हुनेसम्मको जोखिम हुन्छ। त्यसैले ग्यास्ट्रिक हुन नदिन के गर्ने भइहाले के गर्ने लगायतका विषयमा केन्द्रित रहेर पेट रोग विशेषज्ञ डा. दीपक राज पाण्डेसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:

धेरैले पेटमा कुनै समस्या भयो भने ग्यास्ट्रिक भयो भन्ने गरेको पाइन्छ नि!
पेट दुख्ने बित्तिकै ग्यास्ट्रिक नै भएको हो भन्न सकिन्न। हजारौँ कारणले पेट दुख्छ। पेटको माथिल्लो भागमा इन्फेक्सन हुनुलाई ग्यास्ट्रिक भनिन्छ।

इन्फेक्सन के कारणले हुन्छ?
शरीरमा एच पाइलोरी भन्ने ब्याक्टेरिया हुन्छ। यदी हामीले खानपानमा उचित समय र व्यवस्थापन मिलाउन नसक्दा त्यो सक्रिय हुन्छ र त्यसले ग्यास्ट्रिकदेखि अल्सरसम्म गराउन सक्छ। जसका कारण आन्द्रामा प्वाल पनि पार्न सक्छ।

ग्यास्ट्रिकको लक्षण के हो ?
ग्यास्ट्रिक हुँदा पेटको माथिल्लो भाग दुख्नु, अमिलो पानी आउने, खाना नरुच्ने हुन्छ। लक्षणको आधारमा घरमा बसेर औषधि खानु भन्दा अस्पतालमा चिकित्सकसँग परामर्श लिनु राम्रो हुन्छ। किनभने आफूले ग्यास्ट्रिक सोचेको रोग अरू केही पनि हुन सक्छ। पेटको माथिल्लो भागको दुखाइलाई हामी कोलेस्टेसिस भन्छौँ। यो पित्त थैलीको इन्फेक्सनले हुन्छ। प्यान्क्रियाजको इन्फेक्सनले ज्यान पनि जान सक्ने सम्भावना हुन्छ।

पेट दुख्ने बित्तिकै मेडिकलबाट औषधि किनेर खानेहरुलाई के भन्नुहुन्छ?
ग्यास्ट्रिकको औषधि खाँदा त्यसले धरै असर त गर्दैन तर शरीरमा अरू रोग रहेछ भने खतरा हुन्छ।

ग्यास्ट्रिकको औषधि सुरुमै खान थाले पछि सधैँका लागि निको हुन्छ?
ग्यास्ट्रिक नै हो भनेर डाक्टरले जाँच गरेर दिएको औषधि खाँदा निको हुन्छ। यो औषधिले नै ठिक हुने रोग हो। कुनै अप्रेसन गर्नु पर्दैन।

अल्सर कसरी हुन्छ ?
ग्यास्ट्रिक भएको लामो समय भयो, समयमा ध्यान दिएन भने ग्यास्ट्रिक बढ्दै जान्छ र पछि अल्सर हुने हो। एच पाइलोरी भन्ने ब्याक्टेरियाले अल्सर गराउँछ। बाहिरको चिल्लो पिरो खाना धेरै खादा वा समयमा खाना नखादा अल्सर हुने सम्भावना हुन्छ। चिकित्सकको परामर्शविना मेडिकलबाट औषधि किनेर खाँदा केही दिन दुखाई रोकिएला तर रोग निको हुँदैन। त्यसैले समयमा नै अस्पताल गएर जाँच गरेर समयमा नै उपचार गराउनु पर्दछ।

अल्सर भए पछि पनि निको हुन्छ ?
अल्सर भए पछि निको हुन्छ त्यो कुन भागमा छ भन्नेले फरक पार्छ। जस्तो आमाशय वा त्यो भन्दा तल्लो भागमा छ भने एच पाइलोरी भन्ने ब्याक्टेरियाले भएको हुन्छ र त्यो हुँदा औषधि खादा निको हुन्छ। पेटमा भयो भने अल्सर हुन्छ।

अल्सर भए पछि के गर्ने त ?
जाँच गर्ने र औषधि खानुको विकल्प छैन। आन्द्राबाट मासुको जाँच गर्नुपर्छ त्यसको आधारमा औषधि चलाइन्छ।

औषधि आइरहँदा के-के कुरामा ध्यान पुर्‍याउनुपर्छ ?
खाना र औषधि समयमा खाने, थोरै-थोरै खाना खाने तर धेरै पटक खाने गर्दा राम्रो हुन्छ। धेरै चिन्ता हुँदैन किनभने तनावले पनि ग्यास्ट्रिक देखा पर्न सक्छ।

ग्यास्ट्रिक हुनै नदिन के गर्न सकिन्छ ?
समयमा खाना खाने, तनाव लिँदै नलिने, बाहिरको खाना सकेसम्म नखाने, धेरै चिल्लो/पिरो, भुटेको, फ्राई खाना नखाने, बिहान उठ्ने बित्तिकै केही खाई हाल्ने, केही समस्या आयो भने अस्पताल गएर जँचाउने गर्नु पर्दछ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : ५८ बजे

सभामुख अर्यालबाट बकर इदको शुभकामना

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश

नियन्त्रणमुखी जीवन बाँचेका निमुखा सुकुम्बासी

सरकारले २०८३ वैशाख १२ देखि बागमती नदी तथा यसका सहायक

धनियाँको पातदेखि कागतीसम्म लामो समय यसरी भण्डारण गर्नुहोस् 

काठमाडौं– आजको व्यस्त जीवनशैलीमा हरेकदिन बजारमा गएर ताजा तरकारी किन्न

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौँ– नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न

ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन २ हजार ५५ सवारीचालकलाई सवारी नियम