मंगलबार भगवान गणेशको पूजा गर्नुहोस् (विधिसहित) « Khabarhub

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस् (विधिसहित)


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ। दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन।

तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ। तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ। गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ।

दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ। कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो। उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो। अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो।

असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान् महादेवसँग प्रार्थना गर्न पुगे।अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताउनुभयो।

अनलासुरसँग युद्ध गर्न गणेशजी जानुभयो। असुरले उहाँलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निल्नुभयो। असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो। धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन।

त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिनुभयो। दूबो खाएपछि गणेशजीको पीडा शमन भयो। त्यतिखेरदेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो।

गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ।

कथाअनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन्। तर गणेशजीले मान्नुभएन। रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन्। गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिनुभयो।

राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन्। त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भन्नुभयो।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ५ : ५९ बजे

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौं–  उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र बाहिर

लुम्बिनी प्लेअफमा पुग्दा लिग चरणबाटै बाहिरियो साविक विजेता जनकपुर

काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्दा साविक

प्लेअफमा सुदूरपश्चिम, काठमाडौं, विराटनगर र लुम्बिनी, चार टोली फर्किए घर

काठमाडौं – लिग चरणबाटै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २

समानुपातिक बन्दसूची पठाउनुअघि मन्त्री छाडेर उज्यालो नेपाल सम्हाल्दै कुलमान

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ नागरिक सरकारमा हुँदै उज्यालो नेपाल पार्टीमा

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही