प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने « Khabarhub

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

आज बिहान ११ बजे सुरु हुने बैठकमा प्रचण्डले प्रधानमन्त्रीका लागि विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि सबै दलका सांसद र स्वतन्त्र सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए। ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका प्रचण्डले १५ दिनमै विश्वासको मत लिन लागेका हुन्।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सांसदले समर्थन गरेका थिए । उनको पक्षमा १६९ मत छ । तर, विश्वासको मतका लागि न्युनतम १३८ मत चाहिन्छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : ४६ बजे

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर

गगन पक्षलाई मान्यता दिँदा आयोगको निष्कर्ष : कांग्रेसमा महाधिवेशन प्रतिनिधि नै सर्वोच्च

काठमाडौं– निर्वाचन आयोगले गगन थापा समूहलाई नेपाली कांग्रेसको मान्यता दिँदा