नाइजेरियाको त्यो भयावह अवस्था | Khabarhub Khabarhub

नाइजेरियाको त्यो भयावह अवस्था


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

डरलाग्दा हत्याहरू, जबरजस्ती करणी र अपहरण यी सबैको पराकाष्ठा पार गर्नु भनेको नै कुनै पनि समाज तहसनहस हुनुको मूल कारण हो। दक्षिण पूर्वी नाइजेरिया अहिले त्यसैको भयावह अवस्थामा अल्झिएको छ। एउटा सशस्त्र जत्था भिन्न र स्वतन्त्र राज्यको माग गर्दै युद्ध लडिरहेको छ। तर त्यस युद्धकै बीचमा अनेक डरलाग्दा घटना भइरहेका छन्। एक वर्ष अघिसम्म सबैले शान्त महसुस गरेको त्यो स्थान छाड्ने क्रम बढेको छ।

हतियार किन्नका लागि हरेक घरमा चन्दा उठाउन थालेपछि मानिसका लागि जीवन यापन नै कठिन बनेको छ। ‘उनीहरूले बन्दुक किन्न पैसा माग गरे पछि मेरा काका त्यहाँबाट भाग्नु भएको हो। उनीहरूकै कानुन लागु भएका कारण मेरो गाउनै रित्तिइसकेको छ’, एक युवाले भने।

एउटा सशस्त्र जत्था भिन्न र स्वतन्त्र राज्यको माग गर्दै युद्ध लडिरहेको छ। तर त्यस युद्धकै बीचमा अनेक डरलाग्दा घटना भइरहेका छन्।

एनकाओको गाउँमा पृथकतावादी समूहले नयाँ सरकार नै गठन गरेको छ। यस्तै सरकार अन्य धेरै गाउँमा पनि छन्। सँगै रहेको एनबारा राज्यमा त युद्ध झन् हिंस्रक बनेको छ। त्यहाँ सैन्य जत्थाले सरकार र राज्यका धेरै अधिकार छिन्दै आफूले त्यसको उपयोग गर्ने गरेका छन्।

एनकाओसँग जोडिएका एबीया, एबोनेइ र इनुगुमा त्यसै किसिमको समस्या अहिले पनि यथावतै छ। यी सबै राज्यका बासिन्दाले कर तिर्न परेमा विद्रोही सत्तासँग अनुमति लिएर कर पनि तिर्नु पर्ने हुन्छ।

गाउँमै एक अदालतको मान्यता स्थापित भएको छ। कसैको बीचमा झगडा भएमा स्थानीय तहका नेताले नै यसको समाधान निकाल्छन्। अदालतले झैँ फैसला गर्ने गरेका छन्।
एनीयाका पनि अन्य हजारौँ व्यक्ति एनुगु सहरको जस्तै समस्या सहेर बसेका छन्। उनले पनि लगातार दुई वर्ष क्रिसमस मनाउन पाएका छैनन्। त्यहाँ रहेको विद्रोही सत्ताका लागि क्रिसमसको कुनै महत्त्व नभएपछि यस कुराको कुनै सम्भावना नभएको हो। त्यस गाउँमा एक परम्परागत विवाह भएको थियो। गाउँका कोही पनि डर त्रासका कारण त्यस विवाहमा सरिक भएनन्।

एनबारा राज्यमा त युद्ध झन् हिंस्रक बनेको छ। त्यहाँ सैन्य जत्थाले सरकार र राज्यका धेरै अधिकार छिन्दै आफूले त्यसको उपयोग गर्ने गरेका छन्।

सहरबाट विद्रोही सेनाको अधिकारी आए पनि चुपचाप लागेर फर्केका थिए। गाउँका धेरैलाई यो कानुन बन्दुकधारी समूहले बनाएको भन्ने थाहा छ। झट्ट हेर्दा कोही नदेखिए पनि धेरै गाउँवासीको लागि त्यो त्रासको अवस्था हुँदै हो।

अहिले विद्रोही सेनाको कब्जामा रहेको वियफ्राको हकमा त प्रसङ्ग अर्कै हो। नाइजर डेल्टाको उत्तर पूर्वमा रहेको यो स्थानलाई स्वतन्त्र सहरको रूपमा परिचित गरिएको थियो। यो आदीवासीे इग्बोज जातीको प्रभुत्व रहेको स्थान हो। सिपका धनी इग्बोज नाइजेरियाको तेस्रो ठूलो आदिवासी समूह हो।

विगतमा लेफ्टिनेन्ट कर्णेल ओजुकावाको अभियानको बाबजुद त्यहाँ पृथकतावादी सोच हाबी भएको छ। वियफ्राका आदिवासी जनताको समूह इपोबले त्यहाँ पृथकतावादी सोचको विकास गर्न धेरै हदसम्म सफल भएको छ।

सहरबाट विद्रोही सेनाको अधिकारी आए पनि चुपचाप लागेर फर्केका थिए। गाउँका धेरैलाई यो कानुन बन्दुकधारी समूहले बनाएको भन्ने थाहा छ। झट्ट हेर्दा कोही नदेखिए पनि धेरै गाउँवासीको लागि त्यो त्रासको अवस्था हुँदै हो।

सन् २०१२ मा बेलायतका रहेको दुई व्यक्ति एनमडीस कानु र युचे मेफरले त्यहाँ शान्तिको प्रयास गरेका थिए। उनीहरूले शान्तिपूर्वक इपोबको सत्ता स्थापनाको प्रयास गरेका थिए। सन् २०२० मा पूर्वी क्षेत्रलाई केन्द्रित गर्दै ईएसएनको स्थापना समेत गरेका थिए। ईएसएन त्यहाँको प्रभावकारी सैन्य समूह हो।

नाइजेरियाको सरकारले इपोबलाई आतङ्ककारीको सूचीमा राखेको छ। सेनाको प्रयोग गर्दै त्यस समूहको नास गर्न खोज्दा धेरै सर्वसाधारणलाई सास्ती मात्र पुगेको सरकारले नै बारम्बार स्वीकार गरिसकेको छ। त्यस गतिविधिमा संलग्न भएको आशंकामा मात्र पनि सरकारी सेनाले धेरै युवालाई धरपकड गर्ने र ज्यान नै लिने काम समेत गरेको छ।

त्यहाँको सुरक्षा निकायले बारम्बार कानुलाई गिरफ्तार गर्ने र उनलाई छाड्ने गरेको थियो। उनको गिरफ्तारीलाई पूर्ण रूपले न्यायिक भएको ठहर गर्न त्यहाँको अदालत समेत असमर्थ भएको छ।

इपोबले अहिले त्यस क्षेत्रमा धेरैका समर्थन गुमाइ सकेको छ। इपोबलाई स्थापना कालदेखि नै समर्थन गर्ने केहीले साथ छाडिसकेका छन्। सन् २०२० मा हिंसा सुरु भए यता हजारौँ जना सेना र सर्वसाधारणमाथि विद्रोही पक्षले आक्रमण गरेका छ। महिला, बालबच्चा र अशक्तलाई सुरक्षा दिन सबै जना असमर्थ भइसकेका छन्।

नाइजेरियाको सरकारले इपोबलाई आतङ्ककारीको सूचीमा राखेको छ। सेनाको प्रयोग गर्दै त्यस समूहको नास गर्न खोज्दा धेरै सर्वसाधारणलाई सास्ती मात्र पुगेको सरकारले नै बारम्बार स्वीकार गरिसकेको छ।

क्रिसमसको समयमा भएको झडपमा बन्दी बनाइएका महिलाको नग्न तस्बिर र भिडियो सामाजिक सञ्जालमा आउन थालेपछि त्यहाँका बासिन्दा अझ धेरै त्रसित भएका छन्।
ती महिला सैन्य अधिकृत भएको खुलासा भएको छ।

अबइयामा रहेकी आफ्नी हजुरआमालाई भेट्न गएको समयमा उनलाई विद्रोही सेनाले भेट्टाएको थियो। सन् २०२२ को मेमा परम्परागत विवाह गरेको कारण सेनाकै एक महिलाको हबिगत त्यस्तै भएको थियो। उनलाई यातना दिएर मारिएको थियो। उनीसँग विवाह गर्न तयार भएर बसेका एक युवा र एक भाइ पर्नेलाई पनि त्यसैगरी विद्रोही सेनाले मारेको थियो।

अहिले इवोपमा आबद्ध धेरैले सेनाका अधिकारीलाई अपहरण गर्ने कामलाई समेत तीव्र पारेका छन्। बन्दुकधारीले आफूले गरेको काम सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने गरेका छन्। यसले त्यहाँ बसोबास गर्नेलाई अझ धेरै त्रसित बनाएको छ।

धेरै प्रत्यक्षदर्शीले अनुसार ती महिलालाई खोज्ने क्रममा उनीहरूले गाउँमा गएर सबैलाई आतंकित बनाएका थिए। सेनाका उच्च पदस्थ अधिकारी त्यस घटनामा आफूको कुनै जिम्मेवारी नभएको बताएका छन्।

सरकारको सुरक्षामा खटिरहेको भिजलान्ते समूहका व्यक्ति त झनै असुरक्षित भएका छन्। इमओ प्रान्तको गाउँको एक विवाहमा गएका मध्य पाँच जनाको ज्यान नै गएको थियो। यो घटना गत जुलाई महिनाको हो। चीकोजी एगेसान्जाइका दुई भाइको ज्यान गएको थियो उनले त्यसरी ज्यान जनाको मुख्य कारण भिजलान्ते भएको बताएका छन्। भिजलान्तेले उनीहरू विद्रोही सेनाको व्यक्ति भएको भन्दै आक्रमण गरेर मारेको थियो। घटना भएको धेरै पछि सरकारी सेनाले विद्रोही सेनाले त्यो हत्या गरेको भन्दै विज्ञप्ति निकालेको थियो।

डिसेम्बर २०२१ को घटना त अझ फरक छ। पृथकतावादीमाथि लक्षित गर्दै स्थानीयले गतिविधि गरेको आरोप लागेको थियो। यसै आरोपमा दुई व्यक्तिलाई घरबाट नै लिएर गइएको थियो। ती मध्येका पाउल ओग्बु मारिएर झाडीका फ्याँकिएका थिए भने अर्का परम्परागत नेता अच्को नडअकेलाई प्रहरीले गिरफ्तार गरेको थियो।

ओएवरी कुनै समय रात्रिकालीन जीवन र व्यवसायका लागि चिनिन्थ्यो। अहिले त त्यो सबै पुरानो कहानी भइसकेको छ। त्यहाँ त झन् शृङ्खलाबद्ध हत्याका घटना भएका छन्।

उनीहरूको गिरफ्तारीको भिडियो सार्वजनिक गर्दै दुवै जनालाई बियाफ्रान स्वतन्त्रको अभियानमा असहयोग गरेका कारण दुख दिइएको बताइएको थियो। अन्य धेरै परम्परावादी नेताहरूको गिरफ्तार भएको छ। धेरै परम्परावादी नेतालाई सेनाले गिरफ्तार गरेर मारेको उदाहरण पनि छ। त्यहाँको स्थानीय क्षेत्रमा काम गर्ने एक सञ्चारकर्मीले त्यहाँको अवस्था झनै असुरक्षित भएको बताएको छ।

ओएवरी कुनै समय रात्रिकालीन जीवन र व्यवसायका लागि चिनिन्थ्यो। अहिले त त्यो सबै पुरानो कहानी भइसकेको छ। त्यहाँ त झन् शृङ्खलाबद्ध हत्याका घटना भएका छन्। कुनै अपरिचित अनुहार देखिएमा उनीहरूलाई समातेर अन्य कतै लगिन्थ्यो।

कारको टायर पड्केको आवाज आउन थालेपछि मानिसहरू भागाभाग गर्ने चलन नै बसेको छ। यो लामो र भयावह युद्धको घटनाले धेरै विद्यार्थीले स्कुलको क्लास छुटाएका छन्। साथै धेरैको आर्थिक क्षति पनि भएको छ।

पृथकतावादीले बहिष्कारको घोषणा गरेका कारण अर्को महिना हुने आम निर्वाचनमा दक्षिण पूर्वी क्षेत्रमा धेरै मतदान पनि नहुने अनुमान गरिएको छ। निर्वाचन आयोग र अन्य पर्यवेक्षण नियोगको कार्यालयमा पनि आक्रमण भइसकेको छ। यस कारण निर्वाचनमा अझ बढी हिंसा हुने सम्भावना त छदै छ। नाइजेरियाको गृहयुद्ध र यो शृङ्खलाबद्ध आक्रमणका कारण अझ कत्ति क्षति हुने यो त्यो त अनिश्चित नै छ।
स्रोत : बीबीसी

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : २९ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले