टि-ट्वान्टी क्रिकेट लिगमा  विराटनगर फाइनलमा प्रवेश « Khabarhub

टि-ट्वान्टी क्रिकेट लिगमा  विराटनगर फाइनलमा प्रवेश


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय २८ रन मात्र बनाउन सक्यो ।

जनकपुरको लागि चाडविक वाल्टनले सर्वाधिक ५१ रनको योगदान दिए भने कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाए । खडक बोहोराले १४ रन बनाए । विराटनगरका राज नाननकियोन जोसेफले समान तीन तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । तेस्तै सूर्य तामाङले १ विकेट लिए । 

त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । विराटनगरका लागि गौरान्शु शर्माले ४२ रन जोडे भने अर्जुन साउदले ३५ रन बनाए । राज नाननले ३३ तथा  हुसेन तलतले ३१ रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सरफुदिन असरफ, ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १-१ विकेट लिए ।
भोलि हुने फाइनल खेलमा विराटनगरले लुम्बिनी अल स्टारसँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख पाउनेछ भने उपविजेताले रु ३० लाख पाउनेछ ।  

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : २४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर