विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती « Khabarhub

विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ ।

विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा पनि देखिएको प्राधिकरणले जनाएको छ । प्रावधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार बिहारको विद्युत् प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो ।

“विहारको विद्युत् प्रणालीमा प्रावधिक समस्या देखिएपछि रक्सौल–रामनगरबाट नेपालले लिइरहेको करिब तीन हजार मेगावाट घण्टा बराबर बिजुली आपूर्ति रोकिएको छ । जसकारण ठूला उद्योगहरूलाई बिहान र बेलुकाको पिक समयमा लोड कटौती गरेका छौँ”, प्रवक्ता भट्टराईले भने । प्राधिकरणले ठूला उद्योगलाई पिक समयमा उद्योग नचलाउन भने पनि मझौला र साना उद्योगमा भने विद्युत् आपूर्ति भइरहेको उनको भनाइ छ ।

ठूला उद्योगमा साँझ र बिहानको समय गरेर करिब आठदेखि नौ घण्टा विद्युत् कटौती गर्नुपरेको पनि भट्टराईले जानकारी दिए । “अहिले ८० देखि एक सय मेगावाटसम्म बिजुली अपुग भएपछि ठूलो उद्योगको पिकआवरको लोड काट्नुपरेको हो । भारतीय पक्षले मर्मतसम्भारका लागि अझै तीनरचार दिन लाग्छ भनेको छ”, उनले भने ।

प्राधिकरणका अनुसार अहिले नेपालको कूल विद्युत् माग करिब ३१ हजार एक सय ७७ मेगावाट घण्टा बराबर छ । उक्त माग पूर्ति गर्नका लागि विद्युत् प्राधिकरण तथा उसका सहायक कम्पनीमार्फत करिब ११ हजार मेगावाट घण्टा र निजी क्षेत्रबाट १० हजार चार सय मेगावाट घण्टा बिजुली आपूर्ति भइरहेको छ । त्यस्तै, अहिले नौ हजार दुई सय ७४ मेगावाट घण्टा बिजुली भारतबाट आयात भइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ८ : ०८ बजे

विजय दिवस मनाउन भारत–बङ्गलादेशद्वारा भ्रमण आदानप्रदान

एजेन्सी– भारत र बङ्गलादेशले सन् १९७१ को मुक्ति युद्धको स्मृतिमा

युरोप नेपाल हेल्थ अवार्ड नेपाल चिकित्सक संघलाई 

काठमाडौं– नेपाल चिकित्सक संघले युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्राप्त

पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन्

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमा नै

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर