पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन् « Khabarhub

पूर्वमाओवादीहरू एमालेमा हराउने संकेत, ७५ प्रतिशत पूर्वकेन्द्रीय सदस्य दुवै प्यानलमा परेनन्


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण प्रक्रियाबाट एमालेमा नै रहेका पूर्व माओवादीहरूको अस्तित्व ११औँ महाधिवेशनमा संकटमा पर्ने अवस्था आएको छ ।

दुई प्यानल बनेर प्रतिस्पर्धा हुन लागेको महाधिवेशनमा अधिकांशले टिकट नै नपाउने र पाएकाले पनि प्रतिस्पर्धाबाट चुनौती चिर्ने सम्भवना कमजोर देखिएको हो ।

महाधिवेशनअगाडि एमाले केन्द्रीय समितिमा पदाधिकारीसहित ४० जना पूर्वमाओवादी थिए । तर, महाधिवेशनमा तीमध्ये ७५ प्रतिशतले कुनै पनि प्यानलबाट टिकट पाउन सकेनन् ।

बलियो मानिएको ओली नेतृत्वको प्यानलबाट पदाधिकारीमा रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले टिकट पाएका छन् ।

तर, ईश्वर पोखरेल नेतृत्वको प्यानलमा उनीहरूको प्रतिस्पर्धीका रूपमा एमालेमा लामो समयदेखि योगदान पुर्याएका र इमान्दार तथा क्षमतावान छबि बनाएका गोकर्ण विष्ट, विन्दा पाण्डे, रघुजी पन्त, योगेश भट्टराई, आनन्दप्रसाद पोखरेल लगायतका नेताको उम्मेदवारी ।

जसले गर्दा पूर्वमाओवादी नेताहरूले प्रतिस्पर्धामा उत्रन निकै कठिन देखिएको चुनावी माहोलले देखाएको छ । त्यस्तै, केन्द्रीय सदस्यमा अन्य १४ जनाले उम्मेदवारी दिएका छन् ।

जसमध्ये ५ जना बाहेक अन्यको उम्मेदवारी स्वतन्त्र रहेको छ । जसमा जम्मा ५४० जनाले उम्मेदवारी दिएका छन् । ती उम्मेदवारमध्ये अधिकांश उम्मेदवारहरू हालको एमाले निर्माणमा निकै ठूलो योगदान गरेका व्यक्तिहरू देखिएका छन् ।

तत्कालीन नेकपा निर्माणको प्रक्रियासँगै ०७४ सालबाट एमालेमा जोडिएका अधिकांश पूर्व माओवादीको संगठन र सदस्यमा अत्यन्त कम पहुँच छ ।

जसले गर्दा प्यानलगत भोटको ग्यारेन्टी भएमा मात्र पूर्व माओवादीबाट एमालेमा प्रतिनिधित्व गर्ने व्यक्तिहरूले चुनाव जित्ने सम्भावना रहेको प्रस्ट देखिएको छ । अन्यथा महाधिवेशनपछिको एमालेमा पूर्व माओवादीको अस्तित्व निकै चुनौतीपूर्ण रहेको देखिन्छ ।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  १२ : ३५ बजे

अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे क्षेत्रमा पार्किङ गरिएको विद्युतीय कारभित्र

माछाका भुरा र खाने माछा बिक्रीबाट मत्स्य विकास केन्द्रको राजस्व बढ्यो

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्रले माछाका भुरा

जेन-जी आन्दोलनका क्रममा कारागारबाट फरार माझी पक्राउ

जनकपुरधाम– गत भदौमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा रौतहटको गौर कारागारबाट

धर्मेन्द्र प्रधानको रजीनामापछि कांग्रेस नेताको टिप्पणी- ‘अ डे लेट एन्ड अ डलर सर्ट’

काठमाडौं- भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा आएलगत्तै प्रमुख प्रतिपक्षी