घार्जी र काम्लोको व्यापार गर्न रिडी गण्डकी | Khabarhub Khabarhub

घार्जी र काम्लोको व्यापार गर्न रिडी गण्डकी


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

रुकुम(पूर्व) – रिडी गण्डकी मेला तीन जिल्लाको सङ्गम स्थलमा लाग्छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थलमा लाग्ने रिडी मेलालाई माघी मेला पनि भनिन्छ । रिडी गण्डकी मेला १८ मगरात र १२ मगरातको सिमाना रिडीमा परापूर्वकालदेखि नै लाग्दै आएको महत्त्वपूर्ण मेलाका रूपमा चिनिन्छ । री र डी को पनि आफ्नै अर्थ छ । अठार मगरातले पानीलाई रि भन्ने गर्छन् भने १२ मगरातले पानीलाई डी भन्दछ । यही री र डी को सम्मिश्रण नै रिडी हो भन्छन् जानकारहरू ।

यही रिडी गण्डकी मेला रुकुमका मानिसको लागि व्यापार गर्ने उपयुक्त ठाउँ रहँदै आएको छ । विशेषगरी जिल्लाको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका नागरिकहरू आफूले उत्पादन गरेका वस्तुहरू लिएर बिक्री गर्न र मेला मान्ने उद्देश्यका साथ रिडी गण्डकीको यात्रा एक दुई साताअघि देखि नै तय गर्ने गर्दछन् ।

यस वर्ष पनि माघी नजिकिँदै जाँदा रिडी गण्डकी मेला मान्न जानेहरू बाटोमा भेटिने गरेका छन् । यहाँबाट मेला मान्न भनेर हिँडे पनि उनीहरूको मुख्य उद्देश्य भनेको आफूले निर्माण गरेको राडीपाखी कारोबार गर्नु हो । पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रबाट आठ–दश जनाको समूह बनाई मेलामा राडीपाखी कारोबारका लागि मानिसहरू हिँडिसकेका छन् । अहिले पुथाउत्तरगङ्गाको घुम्लिबाङ, तुपा, दमचन, तकसेरा, कोल, गर्खानी, हुकाम र भूमेको लुकुम, मोराबाङलगायतका ठाउँबाट रिडी गण्डकीका लागि समूह बनाएर मानिस हिँडिसकेको घुम्लिबाङका विकास बुढामगरले जानकारी दिए ।

उनीहरूले राडीपाखीसँगसँगै ओखरको घार्जी पनि बिक्री वितरणका लागि लगेका छन् । रिडी गण्डकी मेलामा राडीपाखी र ओखरको घार्जीको कारोबार राम्रो हुने भएकाले पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाका मानिसले यसै मेलालाई लक्ष्य गरी भेडाको ऊनबाट निर्मित सामग्री तयार पार्नुका साथै ओखरको घार्जी निकालेर राख्ने गरेको उनले बताए ।

भूमे गाउँपालिका–२ काँक्रीका बाघ दल बुढा आफूले निर्माण गरेको दर्जन बढी भेडाको ऊनबाट निर्मित सामग्री बोकेर रिडी गण्डकीको मेला प्रस्थान गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाका रामप्रसाद बुढाले १२ राडीपाखी बोकेर हिडेका छन् तकसेराकी सिर्जना बुढामगरले नौ पाथी ओखरको घार्जी बोकेर रिडी गण्डकीका लागि निक्लेका छन् ।

सबै मेला मान्नेसँगसँगै आफूले निर्माण तथा उत्पादन गरेका विभिन्न सामग्री खपत हुने भएकाले पनि सामान बोकेर रिडी गण्डकी हिँड्ने धेरै पहिलेदेखिको परम्परा अहिलेसम्म चलिरहेको छ । भेडाको ऊनबाट निर्माण गरिएको प्रतिकाम्लोको मूल्य रु दुई हजारदेखि पाँच हजारसम्म पर्ने गर्छ भने बक्खुको मुख्य रु २० देखि २५ हजार पर्ने गरेको बाघदल बुढाले बताए ।

माघको १ गतेदेखि सुरु हुने रिडी गण्डकी मेला ४–५ गतेसम्म चल्ने गर्छ । हप्ता दिन बढी लगाएर बाटोमा सामान बिक्री गर्दै र बचेको सामानलाई मेलामा गएर बिक्री गर्दै आउने उनको भनाइ छ । उहाँका अनुसार यहाँबाट नौरदश जनाको धेरै समूह बनाएर गइन्छ । खाना पकाउने भाँडाकुँडा, चामल, दाल, पिठो सबै चाहिने सामग्री बोकेर जाने र बाटोमै खाना पकाएर खाने तथा जहाँ रात पर्छ त्यहीँ बास बस्दै एक हप्तापछि रिडी गण्डकीको मेलामा पुग्ने गरेको उनको भनाइ छ ।

मानिस पुथा उत्तरगङ्गाको दमचन, तुपा, टाटु, ढोरपाटन, तरामटी, फलेघर हुँदै बुर्तीबाङ पुगेर त्यहाँबाट गाडीमा चढेर मेला पुग्छन् । अहिले यहाँबाट मेला मान्ने र सामान बिक्री गर्ने उद्देश्यले हिँडेका सबै आफूले बेचेको सामानबाट आएको पैसाले आफू र घरपरिवारका लागि किनमेल गरेर आगामी माघको ८–९ गते मात्र घर फर्कने गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ५३ बजे

‘देशलाई नयाँ अवस्थामा अगाडी बढाउने उद्देश्यका साथ सरकार लागिपरेको छ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई नयाँ अवस्थामा अगाडी बढाउने

माबिलुङ्ग इनर्जीको आइपीओमा २ अर्ब ६६ करोडको आवेदन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)

एमसीसीलाई पुन: निरन्तरता दिने निर्णयविरुद्ध विप्लव नेकपाको विरोध

काठमाडौं– विप्लव नेतृत्वको नेकपाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन

देश बाँझिदै गर्दा सरकार भन्छ -कृषि उत्पादन र खाद्य सुरक्षामा अब महिलाकै भर !

काठमाडौँ – देशको २५ प्रतिशतभन्दा बढी कृषियोग्य जमिन बाँझो पल्टिँदै

राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष २०८१/०८२ को