घार्जी र काम्लोको व्यापार गर्न रिडी गण्डकी « Khabarhub

घार्जी र काम्लोको व्यापार गर्न रिडी गण्डकी


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

रुकुम(पूर्व) – रिडी गण्डकी मेला तीन जिल्लाको सङ्गम स्थलमा लाग्छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थलमा लाग्ने रिडी मेलालाई माघी मेला पनि भनिन्छ । रिडी गण्डकी मेला १८ मगरात र १२ मगरातको सिमाना रिडीमा परापूर्वकालदेखि नै लाग्दै आएको महत्त्वपूर्ण मेलाका रूपमा चिनिन्छ । री र डी को पनि आफ्नै अर्थ छ । अठार मगरातले पानीलाई रि भन्ने गर्छन् भने १२ मगरातले पानीलाई डी भन्दछ । यही री र डी को सम्मिश्रण नै रिडी हो भन्छन् जानकारहरू ।

यही रिडी गण्डकी मेला रुकुमका मानिसको लागि व्यापार गर्ने उपयुक्त ठाउँ रहँदै आएको छ । विशेषगरी जिल्लाको भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका नागरिकहरू आफूले उत्पादन गरेका वस्तुहरू लिएर बिक्री गर्न र मेला मान्ने उद्देश्यका साथ रिडी गण्डकीको यात्रा एक दुई साताअघि देखि नै तय गर्ने गर्दछन् ।

यस वर्ष पनि माघी नजिकिँदै जाँदा रिडी गण्डकी मेला मान्न जानेहरू बाटोमा भेटिने गरेका छन् । यहाँबाट मेला मान्न भनेर हिँडे पनि उनीहरूको मुख्य उद्देश्य भनेको आफूले निर्माण गरेको राडीपाखी कारोबार गर्नु हो । पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रबाट आठ–दश जनाको समूह बनाई मेलामा राडीपाखी कारोबारका लागि मानिसहरू हिँडिसकेका छन् । अहिले पुथाउत्तरगङ्गाको घुम्लिबाङ, तुपा, दमचन, तकसेरा, कोल, गर्खानी, हुकाम र भूमेको लुकुम, मोराबाङलगायतका ठाउँबाट रिडी गण्डकीका लागि समूह बनाएर मानिस हिँडिसकेको घुम्लिबाङका विकास बुढामगरले जानकारी दिए ।

उनीहरूले राडीपाखीसँगसँगै ओखरको घार्जी पनि बिक्री वितरणका लागि लगेका छन् । रिडी गण्डकी मेलामा राडीपाखी र ओखरको घार्जीको कारोबार राम्रो हुने भएकाले पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाका मानिसले यसै मेलालाई लक्ष्य गरी भेडाको ऊनबाट निर्मित सामग्री तयार पार्नुका साथै ओखरको घार्जी निकालेर राख्ने गरेको उनले बताए ।

भूमे गाउँपालिका–२ काँक्रीका बाघ दल बुढा आफूले निर्माण गरेको दर्जन बढी भेडाको ऊनबाट निर्मित सामग्री बोकेर रिडी गण्डकीको मेला प्रस्थान गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाका रामप्रसाद बुढाले १२ राडीपाखी बोकेर हिडेका छन् तकसेराकी सिर्जना बुढामगरले नौ पाथी ओखरको घार्जी बोकेर रिडी गण्डकीका लागि निक्लेका छन् ।

सबै मेला मान्नेसँगसँगै आफूले निर्माण तथा उत्पादन गरेका विभिन्न सामग्री खपत हुने भएकाले पनि सामान बोकेर रिडी गण्डकी हिँड्ने धेरै पहिलेदेखिको परम्परा अहिलेसम्म चलिरहेको छ । भेडाको ऊनबाट निर्माण गरिएको प्रतिकाम्लोको मूल्य रु दुई हजारदेखि पाँच हजारसम्म पर्ने गर्छ भने बक्खुको मुख्य रु २० देखि २५ हजार पर्ने गरेको बाघदल बुढाले बताए ।

माघको १ गतेदेखि सुरु हुने रिडी गण्डकी मेला ४–५ गतेसम्म चल्ने गर्छ । हप्ता दिन बढी लगाएर बाटोमा सामान बिक्री गर्दै र बचेको सामानलाई मेलामा गएर बिक्री गर्दै आउने उनको भनाइ छ । उहाँका अनुसार यहाँबाट नौरदश जनाको धेरै समूह बनाएर गइन्छ । खाना पकाउने भाँडाकुँडा, चामल, दाल, पिठो सबै चाहिने सामग्री बोकेर जाने र बाटोमै खाना पकाएर खाने तथा जहाँ रात पर्छ त्यहीँ बास बस्दै एक हप्तापछि रिडी गण्डकीको मेलामा पुग्ने गरेको उनको भनाइ छ ।

मानिस पुथा उत्तरगङ्गाको दमचन, तुपा, टाटु, ढोरपाटन, तरामटी, फलेघर हुँदै बुर्तीबाङ पुगेर त्यहाँबाट गाडीमा चढेर मेला पुग्छन् । अहिले यहाँबाट मेला मान्ने र सामान बिक्री गर्ने उद्देश्यले हिँडेका सबै आफूले बेचेको सामानबाट आएको पैसाले आफू र घरपरिवारका लागि किनमेल गरेर आगामी माघको ८–९ गते मात्र घर फर्कने गरेका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : ५३ बजे

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी