प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड | Khabarhub Khabarhub

प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 

विराटनगर : प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिएका छन् । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना खेप्नु परेको भन्दै उनीहरुले नामकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको विषय सरकारको उच्च प्राथमिकतामा भएको बताए । सबै दलसँगको सहमतिमा चाँडै साझा नाम राख्ने गरी प्रयास थाल्ने उनको भनाइ छ । “अघिल्लो कार्यकालमा प्रदेशको नामकरण गर्न नसक्दा चौतर्फी आलोचना भएको छ”, उनले भने, “सबैको साझा सहमतिमा नामकरण गर्नु सरकारको उच्च प्राथमिकता छ ।”

नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता उद्धव थापाले विगतको सरकारले प्रदेशको नाम राख्न नसक्दा विभिन्न आरोप खेप्नुपरेको उल्लेख गर्दै नामकरण गर्न सरकारलाई आफ्नो पार्टीले साथ दिने बताए। चाँडै नामकरणका लागि पहल गर्न पनि उनले प्रदेश सरकारसित आग्रह गरे ।

प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना भएको बताए। प्रदेशसभाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वका समयमै नामकरण टुङ्गो लगाउने आङ्बोले बताए ।

यस्तै बिनाविभागीय मन्त्री निर्मला लिम्कूले पहिचानसहितको नामकरण हुनुपर्ने बताए । नेकपा (एमाले)का राम रानाले नामकरण प्रदेश सरकारको पहिलो काम भएको बताए । अघिल्लो कार्यकालमा सात प्रदेशमध्ये छवटाले नाम पाए पनि प्रदेश १ ले नामकरण गर्न सकेको थिएन ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ४८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २० गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ २० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २० गते शुक्रबार। भाद्र

महाधिवेशन प्रतिनिधिहरूलाई विद्याको अपील : एमालेलाई बलियो बनाउन सदस्यता विवाद सच्याउनुस्

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधिहरूलाई

टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द

काठमाडौं – नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बागमती –माछा मार्ने क्रममा करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडे