पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन « Khabarhub

पाँचपोखरीमा सात सय मेट्रिकटन आलु उत्पादन


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाँउपालिकामा यस वर्ष सात सय मेट्रिकटन आलु उत्पादन भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिका भोताङका किसानले मात्रै यस वर्ष चार हजार दुई सय किलो आलुको बीउ बिक्री गरेकाछन् ।

गाउँपालिकाको समन्वयमा उत्पादित आलुलाई प्रतिकिलो रु ७० का दरले बिक्री गरिएको भोताङका कृषक सुमेश तामाङले जानकारी दिए । सात सयमध्ये पाँच सय गाउँपालिकाभित्र बिक्री तथा खपत र दुई सय मेट्रिकटन पालिका बाहिर बिक्री भएको कृषि शाखा प्रमुख निमराज गिरीले बताए ।

“गत वर्ष किसानका घरघरमा पुगेर आलुको बीउ बाँडेका थियौँ । अहिले उत्पादित आलुले बजार पाएकामा किसानमा हौसला बढेको छ”, उनले भने । स्थानीय उत्पादनलाई जोड दिँदै हरेक वडालाई गाँउपालिकाले कृषि पकेट क्षेत्र तोकेको छ । कृषि शाखा प्रमुख गिरीले आर्गनिक उत्पादनलाई वृद्धि गराउन तालिमको व्यवस्था गर्न लागिएको बताए ।

गाउँपालिका अध्यक्ष टासी लामाले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै कृषिलाई पर्यटनसँग जोड्ने बताए । पर्यटन र कृषिबाट नै गाउँपालिकालाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । अहिले गाउँपालिकाभित्रका कृषि उत्पादनले बजार पाउन थालेपछि किसान उत्पादनमुखी हुन थालेका छन् । गाँउपालिका भरिमा पाँच सय घरपरिवार आलुमा आत्मनिर्भर छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १० : ५७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर