भक्तपुरको ख्वपमा खेलकुद सप्ताह सुरु « Khabarhub

भक्तपुरको ख्वपमा खेलकुद सप्ताह सुरु


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भक्तपुर –  जिल्लाको ख्वप कलेजमा खेलकुद सप्ताह २०७९ को सुरु भएको छ। ख्वप माविको २३औं, ख्वप कलेजको २१औं, शारदा क्याम्पसको ३२औं वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू सुरु गरिएको हो।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको समूह ख्वप सर्कलका उपाध्यक्ष तथा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले शुक्रबार प्रतियोगिताको उद्घाटन गरेकी हुन्।

प्रतियोगिताको उद्घाटन सत्रमा  छात्रा एक हजार मिटर र छात्रा तीन हजार मिटर दौड प्रतियोगिता सुरु भएको छ।  वार्षिकोत्सवको अवसरमा बिहीबार चित्रकला प्रतियोगिता भएको थियो। प्रतियोगितामा कक्षा ८ देखि कक्षा १० समूहमा जेन्युइन इगलिश सेकेण्डरी स्कुलका जोहेन कायष्ठ प्रथम भएका थिए।

कक्षा ११ र १२ को समूहमा भने सैनिक आवासीय महाविद्यालयका देमिन प्रजापति प्रथम भएका थिए। वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरू हुने क्रममा शुक्रबार नै छात्र र छात्रा व्याडमिन्टन हुनेछन्। टेबुलटेनिस छात्र र छात्रा, सटपुट छात्र र छात्रा, चेस छात्र र छात्रा तथा फुटसल छात्र शनिबार सुरु हुने जनाइएको छ।

साथै छात्रा फुटसल, भलिबल छात्र र छात्रा आइतबारबाट सुरु हुने जनाइएको छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ५९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,