मोटरसाइकल दुर्घटनामा पूर्वगाविस अध्यक्ष साहको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा पूर्वगाविस अध्यक्ष साहको मृत्यु


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बारा – सिम्रौनगढमा भएको मोटरसाइकल दुर्घटनामा परेर नेकपा एमालेका कार्यकर्ता एवं साविक देवापुरटेटा गाविसका अध्यक्ष महावीर साह कानुको बिहीबार साँझ मृत्यु भएको छ । साहले चलाएको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको अर्को मोटरसाइकसँग ठोक्किँदा उनको साँझ ६ बजे घटनास्थलमा नै मृत्यु भएको हो ।

सिम्राैनगढ बजारबाट ना १ प  ६८८८  नम्बरको मोटरसाइकल चलाएर सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटास्थित घरतर्फ जाने क्रममा गण्डक नहर सडकको कोल्ड स्टोर अगाडि विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५१४१ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । दुर्घटनापछि ७० वर्षीय साहको घटनास्थलमा नै मृत्यु भएको सिम्रौनगढ प्रहरीले जानकारी दिएको छ ।

घटनामा अर्को मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका वडा ४ गंगानगरका २२ बर्षिय वाल्मीकी यादवले सामान्य घाइतेसमेत भएका छन् । उनको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जानकारी दिएको छ ।

साह ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट देवापुरटेटा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ११ : ५५ बजे

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने

वीरगञ्ज– कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र

ऋणमा डुबेकी पार्वती एकाएक करोडपति बनेपछि…

काठमाडौं– यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ

पत्रकारको सुरक्षामा राज्यको भूमिका आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारको सुरक्षा तथा

‘बैंकिङ क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउँदै जानुपर्छ’

काठमाडौं– नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर नीलम ढुङ्गानाले आगामी