सर्लाहीमा कर्मचारी अभावले नागरिकता वितरण प्रभावित « Khabarhub

सर्लाहीमा कर्मचारी अभावले नागरिकता वितरण प्रभावित


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सर्लाही‍- जिल्ला प्रशासन कार्यालयले दैनिक करिब दुई सय नागरिकता जारी गर्दै आएको छ। दुई इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय गरी तीन स्थानबाट दैनिक दुई सय नागरिकता जारी हुँदै आएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार जिप्रकाबाट करिब एक सय र इलाका प्रशासन कार्यालय हरिवनले करिब ५० र इलाका प्रशासन कार्यालय बरहथवाले करिब ५० नागरिकता दैनिक जारी गर्दै आएका छन् । ‘पर्याप्त जनशक्ति भए चार सयसम्म नागरिकता जारी गर्न सकिन्थ्यो’, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले बताए ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाही र इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत अभाव हुँदा नागरिकलाई निकै सास्ती भएको छ भने कार्यालयमा निकै चाप छ । ‘जिल्ला प्रशासन कार्यालयसहित दुई वटा इलाका प्रशासन कार्यालयमा नै प्रशासकीय अधिकृत अभाव छ । म सर्लाही आए लगत्तै माथिल्लो निकायलाई लेखी पठाएको छु। जवाफ आउँछ कि कर्मचारी आउँछन्, पछि थाहा होला’, प्रजिअ यादवले भने । उनका अनुसार कार्यालयमा सबैभन्दा धेरै काम र जिम्मेवारी हुने प्रशासकीय अधिकृत नै नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा तीन जना प्रशासकीय अधिकृतको दरबन्दी भए पनि अहिले दुई जना प्रशासकीय अधिकृत मात्र कार्यरत छन् । जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी गर्नेदेखि अन्य काममा समेत प्रशासकीय अधिकृत राजकुमार थापा एक जना मात्रै कार्यरत रहँदा सेवा प्रभावमा समस्या भएको प्रजिअ यादवले बताए । जसका कारण कार्यालयको काम प्रभावित भएपछि इलाका प्रशासन कार्यालय हरिवनका कार्यरत प्रशासकीय अधिकृत गुणराज भुजेललाई जिल्ला प्रशासन कार्यालयमा काजमा खटाइएको प्रजिअ यादवले बताए ।

दुई जना प्रशासकीय अधिकृतमध्ये थापा पनि गत शुक्रबारदेखि एक साताका लागि बिदामा रहँदा इलाका प्रशासन कार्यालय हरिवनका कार्यरत प्रशासकीय अधिकृत भुजेललाई जिल्ला प्रशासन कार्यालयमा काजमा खटाउनु परेको प्रजिअ यादवले बताए। अहिले जिल्ला प्रशासन कार्यालयमा अधिकृत भुजेल एक जना मात्रै कार्यरत रहेका छन् । तीन जना प्रशासकीय अधिकृत हुँदासमेत नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायत काममा भ्याइनभ्याइ हुने गरेको कार्यालयमा अहिले एक जना मात्रै अधिकृत कार्यरत हुँदा सेवा प्रवाहमा निकै समस्या भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यता, सेवा लिन घण्टौँ लाइनमा बस्नुपर्दा सेवाग्राहीहरू थप झन्झट बेहोर्न बाध्य भएका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : १७ बजे

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती