सरकारमा सहभागी हुन रास्वपालाई उच्चस्तरीय संयन्त्रको आग्रह « Khabarhub

सरकारमा सहभागी हुन रास्वपालाई उच्चस्तरीय संयन्त्रको आग्रह


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो।

जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित  रहेको सो बैठकमा संयन्त्र संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए।

उक्त बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो। केही दिनअघि सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई गरेको समर्थन भने कायम राखेको छ।

रास्वपा सरकारबाट बाहिरिनु र गठबन्धन घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बिहीबार एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ। यही बेला शुक्रबार बसेको संयन्त्रको बैठकमा गठबन्धन दलबीचको आपसी शंका र विवाद समाधानका विषयमा पनि छलफल  भएको छ।

सरकारको कामको समीक्षासमेत गरिएको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा छलफल भएको छ। बैठकबाट बाहिरिने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामको समीक्षा गरिएको जानकारी दिए।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : २९ बजे

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी

निरुता बनिन् राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तान

काठमाडौं – ओपन स्पाइकर निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल