उपत्यकाका ५५ स्थानमा ट्राफिक बत्ती जडान गर्ने  « Khabarhub

उपत्यकाका ५५ स्थानमा ट्राफिक बत्ती जडान गर्ने 


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सडक विभागले काठमाडौँ उपत्यकामा सवारीसाधनको चाप बढी रहेका ५५ स्थानमा एकीकृत ट्राफिक बत्ती जडान गर्ने भएको छ।

हाल उपत्यकामा सञ्चालनमा रहेका ट्राफिक बत्तीमा एकीकृत प्रणाली नहुँदा त्यसले अपेक्षाअनुसार सवारीसाधन व्यवस्थापन हुन नसकेको भन्दै विभागले नयाँ प्रणालीको तयारी अघि बढाएको हो। विदेशी विज्ञ बोलाएर ५० देखि ५५ चोकमा नयाँ किसिमका ट्राफिक बत्ती जडान गर्न छलफल गरेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।

उनका अनुसार विभागले त्यसका लागि मूल्याङ्कन गरेर डिजाइन तयार गरिसकेको छ। उनले भने, ‘छिट्टै नै खरिद प्रक्रियामा जाने योजना रहेको छ।’ नयाँ प्रणालीमा एउटा कन्ट्रोल रुममा बसेर आवश्यकताअनुसार कुन बत्तीको समय बढाउने कुनको घटाउने भनी गर्न सकिने महानिर्देशक थापाले बताए।

हाल सञ्चालनमा रहेका बत्तीमा ट्राफिक प्रहरीले समय परिवर्तन गर्न मिल्दैन। उनले भने, ‘एउटा दिशाबाट धेरै गाडी आयो भने ट्राफिक प्रहरीले परिवर्तन गर्न सक्दैन, ट्राफिक प्रहरीले अप्ठ्यारो हुँदा बन्द नै गर्दै आउनुभएको छ।’

काठमाडौँका सडकमा जडान भएका ट्राफिक बत्तीको प्रणाली अहिले बजारमा नपाउने हुँदा नयाँ जडान गर्न आवश्यक रहेको विभागले जनाएको छ। झन्डै १० चोकमा ट्राफिक बत्तीमा समस्या आएको र मर्मतका लागि आवश्यक सामग्री नपाइएपछि मिल्ने किसिमका अरू सामग्री राखेर चालू गरिएको उनले बताए।

अहिले छुट्टाछुट्टै व्यवस्था गर्ने प्रणाली (आइसोलेटेड कन्ट्रोल सिस्टम) हुँदा माइतीघरको कन्ट्रोलबाटै र सिंहदरबार अगाडिको नियन्त्रण त्यहीँबाट गर्नुपरेकाले समस्या रहेको छ। अन्तर्राष्ट्रिय बजारमा ५/१० वर्षमा नयाँ प्रणाली आउने हुँदा विभागले पनि नयाँ नयाँ ल्याउन आवश्यक रहेको महानिर्देशक थापाले बताए।

सडक विभागबाहेक अरू निकायले समेत जडान गरेका गरी ५६ चोकमा ट्राफिक बत्ती जडान भएको विभागले जनाएको छ। उपत्यकाका पालिका र वडा कार्यालयले पनि आवश्यकताका आधारमा बत्ती जडान गरिरहेको सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले जनाएको छ। चालू आवमा कलङ्की, बल्खु, सानेपा, धोबीघाट, महालक्ष्मीस्थान, चापागाउँ दोबाटो र सातदोबाटोमा बत्ती जडान गरिएको थियो । उपत्यका बाहिर भने थोरै सहरमा मात्रै ट्राफिक बत्ती रहेका छन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : ३६ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,