कर्णाली प्रवेशद्वारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन हुने « Khabarhub

कर्णाली प्रवेशद्वारमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन हुने


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका प्रवेश गर्ने दुई नाकामा प्रविधिसहितको विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षमा सल्यानको कपुरकोट र सुर्खेतको हर्रेडाँडाबाट तथ्यांक व्यवस्थापन र प्रविधिसहित विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने तयारी गरेको हो।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले कर्णाली प्रदेशको उत्पादन आयत निर्यात तथ्यांक व्यवस्थापन तथा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

कपुरकोट तरकारी उत्पादनमा आत्मनिर्भर भए पनि भारतीय विषादी सहितको तरकारी रोक्न कपुरकोट र हर्रेडाँडामा विषादी परीक्षण प्रयोगशाला तत्काल सञ्चालन आउने बताए।

कर्णाली प्रदेश कृषि उपजमा आत्मनिर्भर प्रदेश बनाउन गाउँ गाउँमा सडक सञ्जाल पुगेकाले सहज हुने बताए। अब सडक सञ्जालसँगै समूह सहकारीमा प्रदेश तथा स्थानीय सरकारले लगानी गर्ने वातावरण तयार पारे उत्पादन वृद्धि गर्ने उनको भनाइ छ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : ४८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ