बालसुधार गृह तोडफोड गर्ने ७ जनालाई स्थानान्तरण गरिँदै « Khabarhub

बालसुधार गृह तोडफोड गर्ने ७ जनालाई स्थानान्तरण गरिँदै


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- बाँकेको डुडवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृहमा भएको तोडफोड र आगजनीपछि आज दुई पक्षबीच सहमति भएको छ।

काठमाडौँ जानका लागि अस्वीकार गरेका सात युवालाई जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गर्ने सहमति भएको युसीइपी नेपालका निर्देशक केशव सुवालले जानकारी दिए।

‘तत्कालका लागि यो घटना साम्य भएको छ, अब जिल्ला प्रहरी कार्यालयमा बस्न उहाँहरू राजी हुनुभएको छ’, उनले भने । निर्देशक सुवालले कपिलवस्तुबाट सरुवा भएर आएका उनीहरू थप दुर्व्यसनमा फसेकाले पनि स्थानान्तरण गर्न खोजेका जानकारी दिए।

स्थानान्तरण हुने र नहुने दुई पक्षबीचको विवादले उग्ररूप लिँदा सो घटना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए । सुधार गृहमा रहेका केहीलाई काठमाडौँ स्थानान्तरण गर्न थालेको भन्दै तोडफोड र आगजनी भएको थियो । बालसुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा ल्याउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

प्रहरीले नेपालगञ्जबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा लिए लगत्तै उनीहरूले आफै सुत्ने सिरक डसनामा आगजनी गरेका थिए । तोडफोड भएको ब्लकमा परेका करिब ७० जना आश्रित छन् । सुधारगृहका तीन भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।

सुधार गृहमा कूल दुई सय २३ जना आश्रित छन् । उनीहरुबीच पछिल्लो एक महिनामा चार पटक झगडा भएपछि केहीलाई काठमाडौँ स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : ५२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,