सेनाका निर्णायक ढकाल ओलम्पिकका लागि बन्द प्रशिक्षणमा « Khabarhub

सेनाका निर्णायक ढकाल ओलम्पिकका लागि बन्द प्रशिक्षणमा


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गरेका छन् ।

आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो प्रतियोगिताको रेफ्री छनोट र बन्द प्रशिक्षणमा भाग लिन आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

निर्णायक छनोट र बन्द प्रशिक्षण यही माघ २९ देखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय रेफ्री ढकालको ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा हालै पदोन्नति भएको थियो । वर्ल्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई केही दिनअघि पदोन्नतिको प्रमाणपत्र पठाएको थियो । उनलाई तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन चार वर्ष लागेको थियो ।

त्रिभुवन आर्मीमा आबद्ध उनले विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आएका छन् । काभ्रेको कुशादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल्न थालेका ढकाल चौथो डान हुन् । नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उनी पहिलो व्यक्ति हुन् ।

अहिले ढकाल भक्तपुरस्थित सैनिक स्कुलमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा छन् । चीनको वुहानमा विसं २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता सिज्म्समा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा थिए ।

ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायकमा समेत घोषित भएका थिए । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णयक सहभागी थिए ।

यसअघि नेपालमा सम्पन्न साउथ एसियन प्रतियोगिता, माउन्ट एभरेस्ट प्रतियोगितालगायत चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक भइसकेका छन् । नेपाल तेक्वान्दो सङ्घले निर्णायक ढकालको सम्मानमा बिहीबार बिदाइ कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १ : ५२ बजे

सशस्त्र प्रहरी बलको सक्रियतासँगै अवैध कारोबारमा कमी

रौतहट– सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउटपोष्ट (विओपी) सरमुजवा रौतहटको

डा. पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन

काठमाडौं–  गीतकार एवं चलचित्र निर्देशक तथा निर्माता डा. सुबोधकुमार पोखरेलको

जेन-जीको आन्दोलनका क्रममा आगजनी र लुटपाट गर्ने १५ जना पक्राउ

सिन्धुली– गत भदौ २४ गते सिन्धुलीमा जेन-जीको आन्दोलनका क्रममा सरकारी

हर्कले भने- बहुमत पाएर देश चलाएँ भने कायापलट गर्छु, नत्र शरणार्थी बन्छु

काठमाडौं– श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका मेयर हर्कराज

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन प्रचण्डको आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्बासी