सेनाका निर्णायक ढकाल ओलम्पिकका लागि बन्द प्रशिक्षणमा « Khabarhub

सेनाका निर्णायक ढकाल ओलम्पिकका लागि बन्द प्रशिक्षणमा


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सेनाका तेक्वान्दो विधाका अन्तर्राष्ट्रिय निर्णायक दीपेन्द्र ढकाल ओलम्पिक रेफ्री छनोट तथा बन्द प्रशिक्षणमा भाग लिन उज्वेकिस्तानको ताश्केन्टतर्फ प्रस्थान गरेका छन् ।

आगामी सन् २०२४ मा फ्रान्सको पेरिसमा हुनेमा ५०औँ विश्व तेक्वान्दो प्रतियोगिताको रेफ्री छनोट र बन्द प्रशिक्षणमा भाग लिन आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

निर्णायक छनोट र बन्द प्रशिक्षण यही माघ २९ देखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय रेफ्री ढकालको ग्योरोगी विधातर्फ दोस्रो श्रेणीमा हालै पदोन्नति भएको थियो । वर्ल्ड तेक्वान्दो (डब्लुटी) रेफ्री कमिटीले ढकाललाई केही दिनअघि पदोन्नतिको प्रमाणपत्र पठाएको थियो । उनलाई तेस्रो श्रेणीबाट दोस्रोमा पदोन्नति हुन चार वर्ष लागेको थियो ।

त्रिभुवन आर्मीमा आबद्ध उनले विसं २०७१ देखि विभिन्न तेक्वान्दो प्रतियोगितामा निर्णायकको जिम्मेवारी सम्हाल्दै आएका छन् । काभ्रेको कुशादेवीस्थित लालीगुराँस तेक्वान्दो डोजाङबाट तेक्वान्दो खेल्न थालेका ढकाल चौथो डान हुन् । नेपाली सेनाबाट डब्लुटिए तेक्वान्दोको अन्तर्राष्ट्रिय निर्णायक बन्ने उनी पहिलो व्यक्ति हुन् ।

अहिले ढकाल भक्तपुरस्थित सैनिक स्कुलमा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारीमा छन् । चीनको वुहानमा विसं २०७६ कात्तिकमा भएको सातौँ विश्व सैनिक खेलकुद प्रतियोगिता सिज्म्समा समेत रेफ्री ढकाल तेक्वान्दो विधामा निर्णायक मण्डलमा थिए ।

ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा वेष्ट निर्णायकमा समेत घोषित भएका थिए । विश्वका ७९ देशका एक हजार बढी खेलाडीबीच प्रतिस्पर्धा भएको उक्त प्रतियोगिताका लागि ६५ भन्दा बढी मुलुकका निर्णयक सहभागी थिए ।

यसअघि नेपालमा सम्पन्न साउथ एसियन प्रतियोगिता, माउन्ट एभरेस्ट प्रतियोगितालगायत चीन, पाकिस्तान, बेल्जियम, फ्रान्स, जर्मनी भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि ढकाल निर्णायक भइसकेका छन् । नेपाल तेक्वान्दो सङ्घले निर्णायक ढकालको सम्मानमा बिहीबार बिदाइ कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १ : ५२ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,