सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै « Khabarhub

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री शाहले आज शपथ लिँदै


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना हुने विशेष समारोहबीच मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको शाहको सचियवालयका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा, १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका थिए । उनले राजीनामा बुझाएलगत्तै शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

नवनियुक्त मुख्यमन्त्री शाहले आज सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । कांग्रेसबाट एक र नेकपा (एकीकृत समाजवादी) बाट एक गरेर दुईजना मन्त्री नियुक्त गर्ने गरी छलफल भइरहेको मुख्यमन्त्री शाहले बताए । तर ककसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल भइरहेको छ भने मन्त्रीको नाम टुङ्गो लाग्न बाँकी छ ।

मुख्यमन्त्री शाहले एक महिनाभित्र आफूले विश्वासको मत प्रदेशसभाबाट प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले भने, “मैले एक महिनाभित्र विश्वासको मत लिन्छु । यो दल त्यो दलभन्दा पनि हामी सबैलाई मिलाएर अगाडि बढ्छौँ ।”

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  २ : २२ बजे

बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नम्बर ४ तङ्ग्राम

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी