दुई वर्षभित्र बाख्रा व्यवसाय डुब्ने खतरा छ : विश्लेषक सुवेदी « Khabarhub

दुई वर्षभित्र बाख्रा व्यवसाय डुब्ने खतरा छ : विश्लेषक सुवेदी


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : विश्लेषक अरुणकुमार सुवेदीले बंगुरपालन र कुखुरा व्यवसायमा संकट आउँदा दुई वर्षभित्र बाख्रापालन व्यवसाय डुब्ने खतरा बढेको बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विश्लेषक सुवेदीेले पछिल्लो तीन वर्षभित्र बंगुरपालन र कुखुरापालन व्यवसाय विस्थापित हुने अवस्थामा पुगिसकेको बताए ।

अब दुई वर्षभित्र बाख्रापालन व्यवसाय डुब्ने खतरा बढिरहेको विभिन्न बजार तथ्य तथा अनुसन्धानले देखाएको उनले टिप्पणी गरेका छन् ।

नेपालमा बढ्दै गएका आन्तरिक व्यवसाय डुब्दै जाँदा नेपाल झन् आर्थिक संकट बढ्ने सम्भावना रहेको पनि सुवेदीले बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपरराष्ट्र सल्लाहकारसमेत रहेका विश्लेषक सुवेदीले आगामी दिनमा दक्षिण एसियामा माल्दिभ्स, श्रीलंका, पाकिस्तानपछि नेपालको अर्थतन्त्रले घुँडा टेक्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

अर्थतन्त्र सुधारका लागि आगामी दिनमा निर्यात प्रवर्द्धन नभई आयात प्रतिस्थापन मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने सुवेदीको सुझाव
छ । व्यापार घाटा र वैदेशिक ऋण चुनौतिपूर्ण अवस्थामा रहेकाले यसतर्फ पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : ५१ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर