दुई वर्षभित्र बाख्रा व्यवसाय डुब्ने खतरा छ : विश्लेषक सुवेदी « Khabarhub

दुई वर्षभित्र बाख्रा व्यवसाय डुब्ने खतरा छ : विश्लेषक सुवेदी


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : विश्लेषक अरुणकुमार सुवेदीले बंगुरपालन र कुखुरा व्यवसायमा संकट आउँदा दुई वर्षभित्र बाख्रापालन व्यवसाय डुब्ने खतरा बढेको बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै विश्लेषक सुवेदीेले पछिल्लो तीन वर्षभित्र बंगुरपालन र कुखुरापालन व्यवसाय विस्थापित हुने अवस्थामा पुगिसकेको बताए ।

अब दुई वर्षभित्र बाख्रापालन व्यवसाय डुब्ने खतरा बढिरहेको विभिन्न बजार तथ्य तथा अनुसन्धानले देखाएको उनले टिप्पणी गरेका छन् ।

नेपालमा बढ्दै गएका आन्तरिक व्यवसाय डुब्दै जाँदा नेपाल झन् आर्थिक संकट बढ्ने सम्भावना रहेको पनि सुवेदीले बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपरराष्ट्र सल्लाहकारसमेत रहेका विश्लेषक सुवेदीले आगामी दिनमा दक्षिण एसियामा माल्दिभ्स, श्रीलंका, पाकिस्तानपछि नेपालको अर्थतन्त्रले घुँडा टेक्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

अर्थतन्त्र सुधारका लागि आगामी दिनमा निर्यात प्रवर्द्धन नभई आयात प्रतिस्थापन मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने सुवेदीको सुझाव
छ । व्यापार घाटा र वैदेशिक ऋण चुनौतिपूर्ण अवस्थामा रहेकाले यसतर्फ पनि सरकार गम्भीर हुनुपर्ने उनको भनाई छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ३ : ५१ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल