‘अर्थतन्त्र रेडजोनमा परेको घण्टी बजाउने बेला भइसक्यो’ « Khabarhub

‘अर्थतन्त्र रेडजोनमा परेको घण्टी बजाउने बेला भइसक्यो’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थविद् डा.रवीन्द्र पाण्डेयले आम्दानी नभई खाली आर्थिक वृद्धिको मात्रै कुरा गर्ने प्रवृत्ति घातक रहेको टिप्पणी गरेका छन् । खबरहबले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थविद् डा.पाण्डेयले पहिले आम्दानी बढाएर मात्रै आर्थिक वृद्धिको कुरा गर्न आवश्यक भएको बताएका हुन् ।

पछिल्लो समय राजनीतिक दलका नेताहरु केवल आर्थिक वृद्धिको मात्रै कुरा गरेर आम्दानी बढाउने विषयमा पन्छिदै गएको पनि उनको भनाई छ । रेमिट्यान्सले गर्दा अर्थतन्त्र धानिएको अवस्था भएपनि स्वदेशमै रोजगारी बढाउने र विदेशिएका नेपालीलाई देशमै रोक्ने खास रणनीति आर्थिक र राजनीतिक क्षेत्रका व्यक्तिमा नभएको उनले बताए ।

यसअघि ठूला देशका मानिसहरु पनि वैदेशिक रोजगारीमा जाने गरेको तथ्य रहेको भन्दै उनले सीमित समयका लागि वैदेशिक रोजगारीले रेमिट्यान्स बढाएपनि देशमै रोजगारी सिर्जना गरेपछि मात्रै अर्थतन्त्र सुधार हुने बताए ।

आयात लगातार बढ्ने र निर्यात नहुने समस्याले गर्दा पनि अर्थतन्त्र समस्या जटिल बनेको डा.पाण्डेयको भनाई छ । पूर्ववक्ता डा.चन्द्रमणि अधिकारीले नेपाली अर्थतन्त्र ‘रेडजोन’मा रहेको विषयमा टिप्पणी गर्दै अर्थविद् पाण्डेयले नेपाली अर्थतन्त्र रेडजोनमा परिसकेको अवस्था नभई रेडजोनमा पर्न लागेको भन्दै घण्टी बजाउने बेला भइसकेको बताए ।

रोजगारी सिर्जना गरेर उत्पादन बढाउने र त्यसबाट आउने पैँसाले मात्रै आर्थिक वृद्धि हुन सक्ने भन्दै राजनीतिक भाषण छाडेर व्यावहारिक अर्थतन्त्रलाई मूल मुद्दा बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ३३ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर