‘अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय आयोग बनाउनुपर्छ’ « Khabarhub

‘अर्थतन्त्र सुधार्न सरकारले उच्चस्तरीय आयोग बनाउनुपर्छ’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : अर्थविद् डा.गोविन्द नेपालले आर्थिक संकट चुलिएका बेला सरकारले यसको समाधानका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने बताएका छन् । खबरहबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै डा.गोविन्द नेपालले हरेक क्षेत्रमा आर्थिक मन्दी लागेका बेला यसको दीर्घकालीन समस्या समाधान गर्न सरकारले तत्कालै उच्चस्तरीय आयोग बनाउनुपर्ने बताएका हुन् ।

देशमा रहेका हरेक क्षेत्रका आर्थिक समस्या बुझेर त्यसको दस्तावेजीकरण गर्दै आगामी दिनमा आउन सक्ने संकटमा पनि पाठ हुने गरि सरकारले तत्कालै विज्ञहरु सम्मिलित उच्चस्तरीय आयोग बनाएर दीर्घकालीन समाधान खोज्न लाग्नुपर्ने डा.नेपालको धारणा छ ।

अहिले बैंकिङ क्षेत्रसँगै साना व्यवसायी, ठूला व्यवसायीदेखि सबै आर्थिक संकटको मारमा रहेकाले सबैलाई सम्बोधन हुने गरि सबै क्षेत्रबाट समेटेर उच्चस्तरीय आयोग बनाएर मात्रै दीर्घकालीन समाधान हुन सक्ने डा.नेपाल बताउँछन् ।

‘सरकारले कर्मचारीलाई तलब खुवाउनै समस्या भयो भन्छ । तर यसको दीर्घकालीन समाधान खोजेको देखिदैन’ डा.नेपालले कार्यक्रममा भने, ‘यसको समाधानका लागि तत्कालै उच्चस्तरीय आयोग बनाएर विज्ञहरुबाटै सुझाव संकलन गरेर बुझाउनुपर्छ । त्यसले तत्कालको मात्रै होइन, दीर्घकालीन समस्या समाधानका लागि पनि धेरै सहज हुन्छ ।’

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ५ : ०८ बजे

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको

इस्लामावादमा अमेरिका र इरानबीच उच्च तहको वार्ता जारी

काठमाडौं – इस्लामावादमा इरान र संयुक्त राज्य अमेरिका बीच जारी

कोहलपुरमा टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते

नेपालगञ्ज – बाँकेको कोहलपुर नगरपालिका–१५, अक्कलघरवामा आज टिपरले मोटरसाइकललाई ठक्कर